चर्चित २ कमेडी टिभी शोमा एकसाथ देखिए दुर्गेश थापा, ल्याउदैछन् यस्तो काण्डै काण्डको गीत

ईटहरी/ २ चर्चित टेलिभिजन रियालिटी शोहरुमा गायक तथा दुर्गेश थापा एकसाथ देखिएका छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने कमेडी टिभी शो “मुन्द्रेको कमेडी क्लब” र कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने अर्को चर्चित टेलिभिजन रियालिटी शोमा उनी एकसाथ देखिएका हुन् । शोहरुको एपिसोड टेलिभिजनमा ब्रोडकास्ट हुनु अघि नै छायांकन भएपनी उनी सहभागी दुबै एपिसोड एकसाथ प्रसारण भएको हो ।

राष्ट्रिय टेलिभिजनको लोकप्रिय कार्यक्रमहरुमा कलाकारको हकमा यस्तो घटना बिरलै हुने गर्छ । जस्मा दुर्गेश थापा पनि परे । उनी दुबै कार्यक्रममा विशेष अतिथीको रुपमा उपस्थित थिए भने दुबै कार्यक्रममा उनले आफुमा परेको सत्य घटनामा तितो कमेडिको झट्का खाए । सोमबार राती टेलिभिजनमा प्रसारण सो कमेडी एपिसोडहरुमा उनले आफ्नो आउदै गरेको नया गीतलाई पनि गाएका थिए ।

आफू कान्डमा परेको र देशमा पनि कन्डै कान्ड भएकाले निर्मला हत्या कान्ड, सुन कान्ड लगायतका काण्डहरुलाई प्रमुख बिषय बनाएर आफुले “नेता ज्यु नमस्कार, प्लिज ध्यान दिएर सुन्नुस है यो समाचार” नामक नया गीतको तयारीमा लागेको बताउदै सो गीत प्रस्तुत गरेका थिए । उनले सो गीतलाई “माक्सर” नामक आफ्नो एल्बममा समाबेश गर्दैछन् । उनकै शैली र लयमा बन्ने सो गीतको सब्दहरु निकै ओजपुर्ण रहेका छन ।

र्याप शैलीको सो गीतको भिडियोमा उनले आफ्नै भाईलाई डेब्यु गराउन लागेको समेत बताए । जसमा कस्ले अभिनय गरिरहेको छ भन्ने थाहा नपाओस भन्नलाई भाईको अनुहार नदेखाईने समेत बताए । यस्तै आफुले कन्टोभर्सीको गीत गाउदा मिडिया, प्रहरी सबैले आफुलाई आँखा गाड्ने तर राम्रो गीत गाउदा त्यसको कदर नगर्ने भन्दै गुनासो समेत पोखे । उनले पछिल्लो केही दिनअघि “वीर गोर्खाली” बोलको राष्ट्र भावले ओतप्रोत गीतको भिडियो सार्वजनिक गरेका थिए । जसबाट उनले राम्रै वाहवाही बटुलिरहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…