चर्चित हट नायिका रीया दमन रुपाखेतीसँग रोमान्स गर्दै

काठमाडौं । मलेसियामा हरिरायाको अबसरमा आयोजित युनिक धमाका ६ ले फेरि धमाका मच्याउने भएको छ। यसै अवसरमा चर्चित हट नायिका एबं डान्सर रीयाले न्यूज अभियान टिभीबाट मलेसिया बासिलाई भिडियो संदेश मार्फत उपस्थित हुन आग्रह समेत गरेकी छिन् ।पछिल्लो समय उक्त कार्यक्रम मलेसियामा निकै चर्चामा रहेको छ । युनिक धमाका मलेसियाका विभिन्न शहरमा आयोजना हुने छ । हरिरायाको विदाको अवसर पारेर युनिक धमाका ६ आयोजना गर्न लागिएको हो ।

कार्यक्रमा अहिले चर्चामा रहेकी हट नायिका तथा मोडल रीया श्रेष्ठ, हास्य कलाकार दमन रुपाखेती गायक टेक तिमिल्सिना, गायिका सविता परियार, गायक प्रकाश योगी लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजक भीमसेन केसीले जानकारी दिएका छन । कार्यक्रम जुन २५ तारिखमा जोहर मुहारको रिभरभ्युको सभाहलमा हुने सम्पूर्ण जोहरबासी नेपाली दाजुभाइ तथा दीदीबहिनीलाई कार्यक्रममा उपस्थित हुन आयोजक केसीले आग्रह समेत गरेका छन ।

उक्त कार्यक्रमको अन्तिम तिव्र गतिमा भइरहेको केसीले बताए । केसीका अनुसार कार्यक्रमको व्यवस्थापक ग्रेट कन्चनजंघा एसडीएन बिएचडी रहेको छ ।रीयाले  जानकारी दिए अनुसार यस पटक दमनसँग रोमान्स गरेर दर्शकलाई भरपुर मनोरंजन दिने र स्टेज तताउने मुडमा छिन् । यस अघि रीयाले कलाकार सुलेमान शंकर ‘इकु’ सँग मलेसियामै रोमान्स गर्दा देश बिदेशमा निक्कै चर्चा मिडियामा नपाएको होइन ।

आशा गरौ यस पटक पनि रियाले त्यस्तै गरि दमनको साथमा चर्चाको शिखर चुम्न सफल हुनेछिन् यहि कामना गर्दछौ । बिगत आठ बर्ष देखि नेपाली सिने संसारमा संघर्षरत रीया अहिले सबै तिर भाईरल भएकी हट केक मोडल तथा नायिकाको रुपमा परिचित छिन भने उनलाई देश विदेशको कार्यक्रममा सहभागिताका लागी भ्याई नभ्याई नै छ ।

तपाईको प्रतिक्रिया

Loading…