चर्चित रियालिटी सो सारेगम लिटिलच्याम्सको टप ३० मा पुग्न सफल प्रितमको इटहरीमा भब्य स्वागत


इटहरी,दौरा सुरुवालमा कालोकोट नेपाली ढाकाटोपी लगाएर नेपाली झण्डा ओढेर इटहरी नगरपरिषरमा साँझपख एकजना हसिला वालक गाढीवाट उत्रिए । नगरपालिका परिसरमा उनको स्वागतको तयारी थियो । इटहरी उपमहानगरका नगरप्रमुख द्धारिकलाल चौधरीले माला र नेपाली टोपी लगाएर स्वागत गर्नुभयो । उपस्थिति ब्यक्तित्वहरुले माला र खदा लगाएर वालगायक प्रितम आर्चायको भब्य स्वागत गरे । भारतको जिटिभीवाट प्रशारण भइरहेको चर्चित रियालिटी सो सारेगम लिटिलच्याम्सको टप ३० मा पुग्न सफल इटहरीका वालगायक प्रितम आर्चाय भारतवाट जिटिभिको टोली सहित इटहरी आउदा उनलाई इटहरीउपमहानगरले सवै नगरवासीहरुको तर्फवाट स्वागत गरेको हो । स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले प्रितम इटहरीको मात्र नभएर नेपालकै सान भएको वताउनुभयो । उहाँले प्रितमलाई जीताउन सहयोगका लागि अपिल समेत गर्नुभयो । वालगायक प्रितमले इटहरी उपमहानगरले गरेको स्वागत वाट आफू उत्साहित भएको वताए । उनले भने “म भारत जानु अघि पनि इटहरी उपमहानगरले विदाई गरेको थियो आउदा स्वागत,मेयर साववाट धेरै साथ समर्थन मिलेको छ म इटहरीको नाम संसार भर फैलाउन चाहन्छु ।” उनले त्यहाँ नेपाली राष्टिय गीत सहित ३ वटा गीत गाए । संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसीले सारेगम लिटिल च्याम्समा प्रितमले राम्रो गरिरहेको वताउदै उनलाई सधाउन आग्रह गर्नुभयो । यसअघि उनलाई पूर्वी प्रवेशद्धार काकडभिटटामा पनि भब्य स्वागत गरिएको थियो ।

तपाईको प्रतिक्रिया