चर्चित पप गायिका शिवानीको कार दुर्घटनामा मृत्यू

चर्चित पप गायिका शिवानी भाटियाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार राति सडक दुर्घटनामा परि भारतीय चर्चित पप गायिका शिवानी भाटियाको मृत्यु भएको हो । उक्त सडक दुर्घटनामा उनका पति गम्भिर घाइते भएका छन् । प्रहरी र स्थानीयले शिवानी र उनका पतिलाई कारबाट बाहिर निकालेर अस्पताल भर्ना गराएका हुन् । तर शिवानीको उपचारका क्रममा अस्पतालमा नै ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शिवानीका पतिको अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।

सोमबार राति भारतको यमुना एक्सप्रेस हाइवेयमा उनीहरु चढेको कार दुर्घटना भएको थियो । कार्यक्रममा सहभागी हुन जाँदै गरेका गायिका शिवानी र उनका पति निखिलको कार कुनै अज्ञात गाडीको पछाडि ठोक्कियो । तिब्र गतिमा रहेको कार गाडीसँग ठोक्किएपछि चकनाचूर भएको थियो । एजेन्सी

Purbeli TV

तपाईको प्रतिक्रिया