चर्चित नायिका रेखा थापाले विवाहको मिति सार्वजनिक गरिन : मंसिरमा दोस्रो विहे गर्ने भिडियो सहित

rekhaकाठमाडौं  । नेपालकी चर्चित नायिका तथा फिल्म निर्माता रेखा थापाले आउँदो मंसिरमा नयाँ घरजम गर्ने तयारी गरेको बताएकी छन् । उनका पूर्वपति छवि ओझाले दशैंको टिकाको साइतमा नवनायिका शिल्पा पोखरेलसँग विहे गर्ने खबर बाहिर आइरहेका बेला रेखा थापाले पनि आफ्नो विहे मंसिरको पहिलो साता हुने खुलासा गरेकी हुन् ।

एक अन्तर्वार्तामा नायिका थापाले आउने मंसिरमा विहे गर्ने तयारी रहेको बताइन् । तर हुनेवाला पतिको नाम चाहीँ खुलाउन चाहिनन् ।हुनेवाला पति को त भन्ने पत्रकारको जिज्ञासामा, उनले नाम अहिले नभनौं तर पेशा चाहीँ चलचित्र क्षेत्रको भन्दा बाहिरको हो, विहेपछि थाहा भइहाल्छ नि भनेर बात मारिन् ।

यसअघि नै रेखाले आफूले विगतलाई सम्मान गर्दै अर्को विहे गर्ने तयारीमा रहेको बताइकी थिइन् । उक्त अन्तर्वार्तामा छविराज ओझासँग आफ्नो विहे नभएको समेत रेखाले दावी गरिन् । निर्माता छविराज ओझा र रेखा मध्य कसको पहिले बिहे हुने हो त्यो भने दर्शक श्रोतले पर्तिक्षा गर्नु पर्ने देखिन्छ |

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…