चर्चित गीत ‘कुटुमा कुटु’ गीत समाबेश फिल्म ‘२ रुपैया’ युट्युबमा सार्बजनिक (पुरा फिल्म सहित)

ईटहरी/ चर्चित गीत ‘कुटुमा कुटु’ र ट्रेलरका कारण चर्चामा रहेको फिल्म ‘दुई रुपैयाँ’ २०७४ को भाद्र २३ गतेबाट प्रदर्शनमा आएको थियो । फिल्मले सोचे अनुरुप ब्यापार भने गर्न सकेन तर यसमा समाबेश कुटुमा कुटु गीतले भने नेपालीले सोच्दै नसोचेको रेकर्ड कायम गर्न सफल भयो । जुन गीत समाबेश फिल्म २ रुपैया पुरा फिल्म हालै युट्युबमा सार्बजनिक भएको छ । हेर्नुस पुरा फिल्म

असीम शाहले निर्देशन गरेको फिल्म ‘दुई रुपैया’ मा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टीका पहारी, स्वस्तीमा खड्का, बुद्धि तामाङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

कुटुमा कुटुलाई यो समाचार तयार गर्दा सम्म १० करोड २३ लाख भन्दा बढिले हेरिसकेका छन् । यता गीतलाई लाईक गर्नेहरुको संख्या मात्रै ३ लाख भन्दा बढि छन् भने डिसलाईक गर्नेहरु ५३ हजार मात्रको हाराहारीमा छन् । यो गीत त्यस्तो नेपालि गीत हो, जसले नेपालि संगीत उधोगमा हालसम्म कुनै गीतले नेपालि युट्युब ईतिहासमा नराखेको रेकर्ड कायम गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading…