चर्खाको डर्बीग सुरु,माघ २८ मा आउने संभावना 

चलचित्र चर्खाको डर्बीग कार्य सुरु भएको छ । हेटौडाका युवा ब्यबसायिहरुको समुह मिलेर निर्माण गरेको यो चलचित्र आगामी माघ महिनामा रिलिजि हुने निर्माता मध्येका एक रुपेश केशीले बताएकाछन । निर्माण टिमले चलचित्रको पोष्टपोडक्सन कार्य समपन्न गर्न लागी परेको बताएको छ । चलचित्रको गत बुधबार देखी डर्बिग सुरु भएको थियो ।चलचित्रलाई निर्देशक गोबिन्द गौतमले निर्देशन गरेकाछन । गौतमले यसअघि सौभाग्य,स्काउट,बिरासत,सिन्दुर लगाएतका चलचित्रहरु निर्देशन गरीसकेका छन भने स्काउट उनको प्रर्दशनको लागी बाकी चलचित्र हो ।
चर्खामा निर्जन थापा,सुशान्त कार्की,सुरबिना कार्की,रजनि केशी,दिलिप रायमाझी र जुनु रिजालले अभिनय गरेकाछन । चलचित्रलाई एफ डी कंमपनीले बितरण गर्ने बताईएको छ । प्राप्त जानकारी अनुसार यो चलचित्र माघ २८ गते प्रर्दशनको चाजोपाजोमा रहेको बुझिएको छ । संजिता फिल्मसको पहिलो प्रस्तुती रहेको चर्खालाई सुनिल अधिकारी,धर्मराज बर्तौला,गणेश भेटवाल,बालकृण खडका,रुपेश केशी,र बेल्जियम निबासी एन आर एन शहदेब गौतमले निर्माण गरेका हुन । मकवानपुर र सिक्कममा छायॉकन गरीएको यो चलचित्रको गीत संगीत उत्कृष्ठ बनेकाछन । चलचित्रको तिहारपछि गीत तथा टिजर सार्बजनिक गर्ने कार्यक्रम रहेको छ ।
charkha
यो चलचित्रको संगीत अर्जुन पोखरेलले भरेकाछन । सामाजिक पारीबारीक कथा बोल्ने चर्खा मार्फत गायिका जुनु रिजालले चलचित्रको पर्दामा डेब्यु गरेकी छिन । उनले नायक दिलिप रायमाझी संग स्कृन सेयर गरेकी हुन ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…