‘चट्ट रुमाल’गीत विवाद-फाईनल नभएको गीत युट्युबमा राखेको भन्दै मेलिनाको आक्रोश (भिडियो सहित)

टहरी/ यतिबेला नेपाली सिने उधोगमा फिल्म यात्राको चौतर्फी आलोचना र बिरोध भैरहेको छ । जस्को कारण हो पुरानो गीत रिमेक । कुनै समयको सुपरहिट फिल्ममा समाबेश गरिएको सदाबहार गीत ‘चट्ट रुमाल’लाई यात्रा फिल्ममा समाबेश गरेर बिगारेको आरोप दर्शकहरूले लगाएका छन् । गएको मंगलबार युट्युबमा रिलिज भए लगत्तै गीतको आलोचना सुरु भएको हो । गीतको मर्म नै बिगारेर सर्जक माथि अन्याय गरेको भन्दै उक्त निर्माण टिमको अलोचना भईरहेको छ । निर्माण टिम संगै बिबादमा मुछिएका छन यस रिमेक गीतका गायक धर्मेन्द्र सेवान । उनको आवाजलाई कसैले मन पराएका छैनन् ।

धेरैले सार्बजनिक गीतको कमेन्टमा गीत तथा भिडियो हटाउन भन्दै खुलेआम सदाबाहार गीतको बलात्कार भएको सम्म भनेका छन् । गीतको चौतर्फी आलोचना भईरहेको बेला यसले अब झनै ठुलो रुप लिदै गइरहेको छ । गीतका गायक धर्मेन्द्रले सामाजिक संजालमा आफ्नो आधिकारिक भनाई राखेका छैनन । यता दर्शकहरूलाई समर्थन गर्दै गीतकी गायिका मेलिनाले भने यथार्थ खुलाउदै चलचित्र युनिटको घोर निन्दा गरेकी छिन् । आफ्नो अफिसियल फेसबुकमा एउटा स्टाटस पोस्ट गर्दै मेलिनाले घोर निन्दा गरेकी छिन् ।

 

मेलिनाले २-३ पटक गीत रेकर्ड गरेर फाइनल गरिए पनि निर्माण टिमले फाइनल नभएको गीत युट्युबमा राखेको भन्दै आक्रोस पोखेकी छिन् । यसरी निर्माण टिमले लापरबाही गर्दा ब्यक्तिगत रुपमा आफुलाई पनि असर परेको भन्दै मेलिनाले निर्माण युनिटको निन्दा गरेकी छिन् ।

‘कुनै लेजेन्ड्सले गाइसकेको र उही बेला चर्चित भइसकेको गीतलाई रिमेक गरेर बजारमा ल्याउनु आफैंमा ठूलो चुनौती रहेको बताउँदै मेलिनाले लेखेकी छन्, ‘त्यो चुनौतीलाई ध्यानमा राखेर हामीले पूरा मेहनत गर्न पछि परेका थिएनौं । मैले तीनपटक भोकल गरेको थिएँ । सुमन सिंहले तीनपटक भोक गर्नुभएको थियो तर उहाँको राखिएन । श्याम स्वयत दाईले तीनपटक मिक्सिङ गर्नुभएको थियो र बाजाहरु थपियो । त्यति गरेर तयार गरिएको त्यो गीत नराखेर उही थोत्रे पुरानो गीत राखियो ।’

धेरै पटक आफूले फाइनल गीत रिप्लेस गरियोस् भनेर अनुरोध गरेता पनि टिमले नसुनेको उनले गुनासो पोखेकी छन् । टेन्डिङ र भ्यूजको अस्वस्थ प्रतिस्पर्धाको चेपुवामा आफू परेको मेलिनाको दुखेसो छ । ‘राम्रो कुराले टेन्डिङमा परेको पो राम्रो त हैन र ? यो विषयले संगीत क्षेत्रका हामी नयाँ पुस्ता र व्यक्तिगत मलाई पनि असर पुगेको हुँदा एक आर्टिस्ट भएको नाताले मलाई यस विषयमा बोल्न अधिकार छ’-भन्दै मेलिनाले फेसबुकमा लेखेकी छिन् । हेर्नुस उक्त गीतको भिडियो ।

गीतमा धर्मेन्द्र सेवान र मेलिना राईको आवाज रहेको छ । मेलिनाको आवाज गीतमा मिठो सुनिए पनि धर्मेन्द्रको आवाजले ‘चट्ट रुमाल’ लाई भताभुङग बनाएको दर्शक प्रतिक्रिया छ । गीतमा कलाकारहरुको नृत्यको पाटो पनि निकै फितलो रहेको छ । प्रविन सिंहको कोरियोग्राफी बिर्सनलायक रहेको छ । पुरानो गीतमा श्री कृष्ण श्रेष्ठ र निरुता सिंहको नृत्य हेर्दा छुट्टै आनन्द आउछ । तर रिमेक भर्जनको गीत न सुनु सुनु लाग्छ, न त हेर्दा हेँरु हेँरु नै लाग्छ । केबल रिमेक बनाउने बाहानामा ‘चट्ट रुमाल’ लाई च्यातचुत गरिएको छ ।

गीतले बिरोधमा ट्रेन्डिङको उच्च रुप लिइरहेको बेला भिडियो भने युट्युब नेपालको टप टेन ट्रेन्डिङ भित्र परिसकेको छ । यो समाचार तयार पार्दा समा भिडियोलाई ११ लाख ३६ हजार बढी पटक हेरिएको छ भने २९ हजार लाईक ४ हजार बढी कमेन्ट र ५ हजार बढी प्रतिक्रिया पाएको छ । लाईक र भ्युजमा भिडियो अगाडि रहेपनी भिडियो हेरिसकेपछि आएका ५ हजार बढी कमेन्टमा धेरैले भने नकारात्मक प्रतिक्रिया लेखेका छन ।

Purbeli TV

तपाईको प्रतिक्रिया