गौरभ पहारीले खेले सुपरहिट ‘साईली’को झल्को दिने अर्को गीत (भिडियो सहित)

इटहरी/ गायक बिशाल कुमार सैंजूको शब्द रचना तथा आवाजमा रहेको ‘जिउछु भनि’ बोलको गित तथा म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा संगीत तथा कम्पोज गायक स्वयम्ले नै गरेका छन् । गीतको एरेन्ज तथा रेकर्ड भने संजिप राइले गरेका हुन् । यो भिडियो हेर्दा गौरभ अभिनित सुपरहिट गीत ‘साईली’ को याद आउछ ।

साईलिमा आफ्नो श्रीमतीलाई छोडेर बैदेशिक रोजगारमा हिडेको देखाईएको थियो । यो भिडियोमा पनि आफ्नो आमालाई छोडेर काम गर्न घर छोडेर हिड्नु र काम गर्नुको पीडालाई देखाईएको छ । सार्बजनिक गीतको भिडियोमा अभिनेता गौरव पहरी, संजीत मल्ल, भिम मैनाली र देवेन्द्र काफ्ले फिचारित छन् । हेर्नुस भिडियो ।

परिवारको आर्थिक अवस्था अनि सामाजिक मर्यादालाई अंगाल्दै विदेशिने प्रथालाई सार्बजनिक म्युजिक भिडियोले चित्रण गरेको छ । अमृत बाबु केसीको छायांकन रहेको उक्त्त भिडियोलाई निभाल बजरचार्यले सम्पादन गरेका छन् । म्युजिक भिडियो सम्पादन भने मनीषले गरेका हुन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया