गृहनगरमा मिस नेपाललाई भव्य स्वागत  (फोटो फिचर सहित)

उर्लाबारी ,जेठ ३० / मिस नेपाल २०१७ को उपाधि जितेकि मोरङ उर्लाबारीकी निकिता चाण्डकलाई मंगलबार गृहनगर उर्लाबारीमा भव्य स्वागत गरिएको छ । गृहनगर पुग्दा उनलाई उर्लाबारी बासिले हर्सोउल्लासका साथ स्वागत गरेका थिए । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै निकिताले आफु अत्यन्तै हर्षित र उत्साहित भएकोे प्रतिक्रिया दिइन् । उनले भनिन् मलाई एकदमै खुसी लागेको छ ।
मेरो जित तपाई सम्पूर्ण नगरवासी माझ बाड्न चाहान्छु । मिस नेपालको ताज जित्न उर्लाबारीमा रहनु भएका परिवार, आफन्त, गुरुबर्ग अनि अन्य विभिन्न संघसंस्थाको ठुलो भुमिका रहेको भन्दै उनले सबैलाई धन्यवाद पनि दिइन् । बिगतमा आफु सामन्य युवती रहदाँ र मिस नेपाल भएपछि गृहनगर फर्कदा अत्यन्तै फरक अनुभव गरेको उनको भनाई थियो । यो भव्य स्वागतले अगामी दिनमा अझै मिहेनत र संघर्ष गर्न हौसला मिलेको पनि उनले बताइन ।
उनले मिस वर्ल्ड २०१७ का लागि निकै मिहेनत गर्ने बताईन् । सम्पुर्ण नेपाल र नेपालीको शीर उचो राख्न आफुले नेपालको प्रतिनिधित्व गरेको बताउँदै मिस वर्ल्डमा उपाधि चुम्नु आफ्नो मुख्य उद्देश्य रहेको उनले बताइन् । देशभरका कयौ सुन्दरीहरुलाई उछिन्दै उपाधि जितेकी उनलाई गृहनगरका हजारौ स्थानियले मिस वर्ल्ड २०१७ को लागि शुभकामना समेत दिएका थिए । चाण्डकले गत जेठ १९ गते राजधानीमा सम्पन्न २२ औ मिस नेपालको उपाधि जितेकि थिइन् । उनलाई मिस नेपालको उपाधि दिलाउन उर्लाबारी बासीले उनको नाममा जिताउ अभियान समेत संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...