गृहजिल्लामा सुमन, विभिन्न कार्यक्रममा सहभागि हुदै भाेट अपिल

इटहरी / नेपालको पहिलो टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनकाे फाईनल चरणमा प्रवेश गरेकोे सुमन कोईराला यतिबेला गृहजिल्ला सुनसरीमा छन् । च्याम्पियनको मञ्चबाट दलेदाईको उपनाम पाएका कोईराला केहि दिन यता भाेट अपिल गर्दै गृहजिल्लामा रहेका छन् । फाईनल चरणमा प्रवेश गरेका कोईराला दिन प्रति दिन लाेकप्रिय बनिरहेका छन् । सुनसरीका विभिन्न कार्यक्रम सहभागि हुदै उनले भाेट अपिल गरिरहेका छन् ।

यहि क्रममा साेमबार बिहान जनता बहुमुखी क्याम्पसका विद्यार्थीलाइ पनि उनले भाेट अपिल गरे । क्याम्पसमा एक कार्यक्रम गरेर उनलाइ स्वागत गरिएकाे थियाे । विद्यार्थी सामु विभिन्न प्रस्तुती राखेका उनलाइ करिब दुइ हजार भन्दा धेरै विद्यार्थीले स्वागत गरेका थिए । अहिले सम्म सहयोग गर्नै सम्पूर्णलाई धन्यवाद दिदै अब बाकि रहेको एक खुड्किलो पनि पार गराईदिन उनले विद्यार्थी सामु अनुरोध गरे ।

शोमा उनका हरेक प्रस्तुतिहरुले दर्शकको मात्र हैन निर्णायकहरुको समेत मन जित्दै आएको छ । उनले फाईनलमा हिमेश पन्त र खड्ग बहादुर पुन मगर संग प्रतिष्पर्धा गर्दैछन । शोको बिजेताले पाउने छन् २५ लाख नगद, २५ लाख बराबरको कार र विश्व भ्रमण । सोको फर्म्याट अनुसार उत्कृष्ट १५ देखि यता कुनै जर्जको निर्णयका आधारमा नभई भोटिंगको सम्पूर्ण अघिकार दर्शकहरुको हातमा सुम्पिदै आईएको छ ।

तपाईको प्रतिक्रिया

Loading…