गीत संगीत तथा गजलमा अघि बढ्दै राज

सुन्दरहरैचा । समय परिस्थिति अनि जीवनका तिता मिठा भोगाई लाई गायन कला तथा गीत रचनाको माध्यमबाट उर्तान तल्लीन कलाकारहरु मध्येका एक हुन मोरङ सलकपुरका गायक तथा गजलकार राज लम्साल ‘यात्री’ ।

विगत एक दशक देखी गीत संगीतको क्षेत्रमा लागेका राज आधुनिक तथा लोकगीत संगीतलाई बिषेश महत्व दिन्छन । बाल्य अवस्था बाट नै गीत संगीतमा चासो राख्ने उनी गायन कला संगै गीत गजल रचना र संगीतमा समेत विशेष रुचि राख्छन । गीत संगीत भनेको जीवनको अभिन्न अंग जस्तै हो भनेर परिभाषित गर्ने राज जसरी हामीलाई बांच्नका लागि हावापानी चाहिन्छ तेसै गरि मनोरन्जनको लागि गीत संगीत नभई नहुने भएकाले उनी गीत संगीत सबैको आवश्यकताको बिषय हो भन्छन ।

एक दर्जन जति आफना गीत संगीतहरुलाई रेकर्ड गरि सकेका राज गीत संगीतको क्षेत्रमा लागेर आफ्नो ठाउँको पहिचान तथा व्यातित्वलाई समेत उच्च राख्ने चाहाना राख्छन । उनले आफनै स्वर तथा शब्द र भोला राईको संगीतमा ‘मेरो यात्रा’ नामको गिती एल्बम समेत बजारमा ल्याई सकेका छन् । मेरो यात्रा गिती एल्बममा, यो नशा प्यालाको होईन .. पहिलो चोटी आँखा जुध्यो .. हाम्रो देश हँसाउनु पर्छ लगायतका बोलको गीतहरुलाई स्वर तथा संगीत भरेर रेकर्ड गरी सार्वजनिक गरिसकेका छन । राजले केही गीतहरुमा संगीत गर्नुका साथै आफ्ना केही गीतको म्युजिक भिडीयो समेत तयार गरेका छन् । उनी अहिले मणिराम दाहालको शब्द रचना रहेको गीत लाई आफनो स्वरबाट रेकड गरी सार्वजनिक गर्ने तयारीमा छन् । गीत संगीत भनेको आफ्नो मनबाट निकाल्ने लयात्मक अभिव्याक्ती भएकोले नेपाली गीत संगीतलाई महत्व दिएर यसको विकास र संरक्षणमा लागी पर्न आवश्यक भएको राजले बताए ।

बहुमुखी प्रतिभाका धनि मिलनसार स्वभावका राज गीत संगीत संगै गजल लेखनको क्षेत्रमा समेत निकै सिपालु छन् । फुर्सद हुना साथ गजल लेख्न मन पराउँने उनी सामाजिक सन्जलमा समेत आफना उत्कृष्ट गजलहरुलाई सार्वजनिक गरि राम्रो प्रतिक्रिया पाहीरहेका छन् । उनले पाँचथर साहित्य मन्चको राष्ट्व्यापी गजल प्रतियोगितामा भाग लिएर प्रथम स्थान हासील गरि २० हजार रुपैया नगद पुरस्कारका साथमा आफनो उत्कृष्ट गजललाई रेकड गर्ने अबसर समेत प्राप्त गरेका छन् । राज आफुले रचना गरेको गजल सृजनालाई संगीत भरेर रेकड गर्नुका साथै गजलको पुस्तक संग्रह समेत निकाल्ने तथा गीत संगीतमा अमmै राम्रो काम गर्ने योजनामा छन् ।

घर परिवारका साथै आफ्नै संर्घष र दुःखलाई प्रेरणाको स्रोत सम्झने राज ज्ञानवद्र्धक तथा सामाजिक चलचित्रलाई मान्यता दिन्छन । उनी पुस्तक पढ्न तथा गीत गजल रचना गरेर त्यसलाई गुनगुनाउन समेत मन पराउँछन । जीवन भनेको एउटा यात्रा हो जसमा सुख दुःख समाल्दै अघि बढनु पर्छ भनेर जीवनलाई परिभाषित गर्ने राज आफ्नो प्रतिभालाई लुकाएर राख्नु हुदैन, अवसर भनेको आफैले खोज्ने हो भन्छन ।

राजले ग्लोरी भ्याइस इटहरीले आयोजना गरेको १ सय ५५ जाना प्रतियोगि बिचको गायन प्रतियोगितामा भाग लिएर तेस्रो स्थान हासील गरि नगद पुरस्कारको साथमा चलचित्रको एउटा गीतमा रेकड गर्न पाउँने सुनौलो अबसर समेत प्राप्त गरेका छन् । राज आफनो काम विशेसले केही समयका लागि विदेशी भुमीमा रहे पनि आफनो देश नेपाल र नेपाली गीत संगीतलाई भुलेका छैनन । उनी विदेशमा रहँदा समेत आफनो काम सँगै गीत संगीतको क्षेत्रलाई निरन्तरता दिई रहेका छन् । अरुको मन छुने किमीमले गीत गाउन सिपालु सुमधुर स्वरका धनि राज आफनै स्वदेशमा रहेर नेपाली गीत संगीतमा रमाउँन चाहान्छन् । उनी नेपालको सुन्दर प्राकृतिक बनोट र वातावरणको प्रभाबले समेत साहित्य सृजना , गीतसंगीत तथा गायन कलामा मद्धत पुग्ने बताउँछन ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

विराटचोकमा नेपाल बैंकको शाखा

जनता मा.वि. लाई ४ लाखको कम्प्युटर हस्तान्तरण

सगरमाथालाई सुन्दरहरैंचा फुटबल प्रतियोगिताको उपाधि

गीत संगीत तथा गजलमा अघि बढ्दै राज

सामुदायिक वनद्धारा गरिव तथा विपन्नलाई खाट वितरण

सुन्दरहरैँचा बजार अनुगमन : भेटियाे सडेगलेको मासु

बडादशैंको अवसर सँगै सुन्दरहरैंचामा सामूहिक दुर्गापूजा

विद्यालय पढ्ने अशक्त बालबालिकालाई टेलिभिजन

यस्ताे रह्याे पिएलओकाे विश्वकर्मा पूजा ( तस्विरहरू)

मदरल्याण्ड तथा न्यू पेगडा विजेता

तपाईको प्रतिक्रिया