गायिका मेलिना र देवेनको “आजको दिन रमाईलो गरौं न एकैछिन” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायक देवेन चेम्जोङ र गायिका मेलिना राईको स्वरमा ‘आजको दिन रमाईलो गरौं न एकैछिन’ को गिति भिडियो सार्वजनिक भएको छ । गायक देवेनले आफ्नो गायन क्षेत्रकै सर्वाधिक हिट हुने आशा राखेको यो गीतको भिडियो बुढासुब्बा डिजिटल प्रालिबाट प्रिमियर गरिएको हो । भिडियोमा पुनम लिम्बू,बिनम चेम्जोङ, अषिस राई, अलिशा चेम्जोङ लगायत ४० जनाले अभिनय गरेका छन् ।

गीतमा दुईदिनको जिन्दगीमा रमाईलो गरौं भोली भेट होला नहोला,समयले काहाँ पुर्याउला भन्ने भन्ने आशय ब्यक्त गरिएको छ । मेलिना र गायक देवेनको युगल गायन एकदमै जमेको पाइएको छ । डान्सीङ नम्बरको गीत भएको कारण पनि एकदमै आशाबादी रहेको गायक देवेनले बताएका छन् । गायक देवेनकै शब्द संगीत रहेको भिडियोको अर्जुन मुसहाङ निर्देशन गरेका हुन् । पूर्वी नेपालको पर्यटकिय स्थल धनकुटाको राजारानीमा छायाँङ्न गरिएको गीतको भिडियो नारायण जिसिले खिचेका हुन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया