गायिका मेलिना राइको स्वर र गैरे सुरेशको संगीतमा ”सिन्दुर”सार्वजनिक [भिडियो ]

चर्चित गायिका मेलिना राइको सुमधुर स्वरमा ”सिन्दुर”बोलको गीत सार्वजनिक भएको छ । गीतकार दिनेश पोखरेलको पहिलो गीत ”सिन्दुर”मा पछिल्लो समयका लोकप्रिय संगीतकार गैरे सुरेशको कर्ण प्रिय संगीत रहेको छ भने गीतलाई सुदिप सागरले संगीत संयोजन गरेका हुन।यो गीतमा अन्य नेपाली लभ सङ्समा भन्दा बिल्कुलै फरक शैलीको प्रस्तुति गरिएको छ ।सम्पदा बाँनिया र बिनोद न्यौपाने फिचर्ड गरिएको म्युजिक भिडियो युवराज वाइबाको निर्देशन, उत्सव दाहालको सिनेमाटोग्राफी र बिकाश दाहालको सम्पादन रहेको छ ।

भिडियोलाई ओ एस आर डिजिटलको यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । झापा स्थायी घर भई हाल बेल्जियममा रहेका गीतकार पोखरेलको संगीतकार गैरे सुरेशको एकल संगीतमा छिट्टै नै गीती एल्बम ल्याउने तयारीमा छन। करिब २ दशक देखि नेपाली सागीतिक छेत्रमा लगातार लागी आफ्नै फरक पहिचान बनाउन सफल सशस्त्र प्रहरी बलमा डीएसपी पदमा कार्यरत संगीतकार गैरे सुरेशले करिब ५०० वटा भन्दा बढी गीतमा संगीत भरिसकेका छ्न ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…