गायक राजेस पायल राइले खाेले नेपाल अाइडल भित्रकाे रहस्य

काठमाण्डाै । सर्वप्रिय गायक राजेश पायल राईले नेपाल आइडलको भित्री कुरा बताएका छन् । नेपाल आइडलमा सहभागि भएर प्रतिक्रिया दिएपछि निकै चर्चा र प्रशंसा कमाएका उनले आफुले बोलेका कतिपय कुरा काटीएको गुनासो गरेका हुन् ।

नेपाल आइडलका जजहरुकै विषयमा सामाजिक सञ्जालमा कडा टिप्पणी गर्दै आएका उनले नेपाल आइडलको मञ्चमा पुगेर बोलेका पनि कतिपय कुरा काटिएको खुलासा गरेका छन् ।

आलोचना नगरेको भए नेपाल आइडलको स्तरीयता कमजोर हुन सक्थ्यो भनेर आफुले दिएको अभिव्यक्ति काटिएको राजेश पायल राईले दाबी गरेका छन् ।उनी भन्छन्, ‘नेपाल आइडललाई सोध्नुस्, मैले बोलेका कतिपय कुराहरु काटिएका छन् । त्यी कुराहरु पनि प्रसारण भइदिएको भए राम्रो हुने थियो ।’नेपाल आइडल गर्वको विषय भएपनि बाँकी रहेका प्रतिष्पर्धीहरुको वास्तविक प्रतिष्पर्धा नेपाल आइडल सकिएपछि हुने उनको भनाई छ । नेपाल आइडल बन्नु गर्वको कुरा हो तर संगीत क्षेत्रमा कसले बाजी मार्छ भन्ने कुरा चाहिँ उसको लगाव र संघर्षले देखाउनेमा उनी विश्वास गर्छन् ।

 

तपाईको प्रतिक्रिया