गायक प्रेम सेन्चुरीको “परदेशले मलाइ रुवायो” सार्बजनिक

काठमान्डाैं / गायक प्रेम सेन्चुरीको “परदेशले मलाइ रुवायो” सार्बजनिक  भएकाे छ  । परदेशको कथा पिडा आफ्नै छ, यस्तै यथार्थ कथामा आधारित  “परदेशले मलाइ रुवायो” सार्बजनिक  भएकाे हाे । प्रेम सेन्चुरीकै  शब्द, संगीत तथा स्वरमा रहेकाे उक्त गीतमा जन्मभूमिबाट टाढा बसेर भबिस्यका सुनौला सपना बुन्दै कठिन पलहरु , आफ्नो देश, घर-परिवार, गाउँ घर-बनपाखा छोडेर परदेशको भूमिमा सहनु परेको एक्लोपन सहितको छटपटी गुजारी रहेका नेपालीहरूकाे कथा व्यथा समेटिएकाे छ । बिमल बुढाथोकिकाे एरेन्ज रहेकाे उक्त गीत रोबर्ट ब्राउन स्टुडियाेमा रेर्कड गरीएकाे हाे  ।

हाल अमेरिकाको न्युयोर्कमा रहेका गायक प्रेम सेन्चुरीले बिगत २ दशक अघिदेखिको सांगीतिक यात्रामा आफ्नै प्रस्तुतिका गीति एल्बम र फुटकर सबै गरेर दर्जनौं गीत गाइसकेका छन् । परदेशको व्यस्त दैनिकीमा समेत समय निकालेर गीत-संगीतमा रमाउने प्रेमका अन्य थुप्रै नयाँ गीतहरुको पनि तयारी गरिरहेकाे बताएका छन् ।  गायक सेन्चुरीले न्युयोर्क लगायत अमेरिकाका अन्य शहरहरुमा हुने गरेका थुप्रै कार्यक्रमहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिईरहेका छन्, बिगतमा बिबिध कारणले सुस्ताएको आफ्नो संगीत कर्म अब निरन्तर रुपमा अगाडी बढ्ने जनाएका छन् । हेर्नुहाेस् भिडियाे

 

तपाईको प्रतिक्रिया

Loading…