गायक प्रमोद खरेलको नेतृत्वमा १८० घर परिवारलाई राहत वितरण

काठमाण्डौँ ।गायक प्रमोद खरेलको अगुवाईमा झापाको कचन कवलसहित मोरङको हस्तन्दहका बाढीपीडितलाई राहत वितरण गरेका छन् । झापाको कचन कवलका १६० परिवारलाई प्रति परिवार २५ केजी चामल, दाल, नुन, तेलसहित दुई थान झुल र एउटा सोलार टर्च टाईट वितरण गरेका हुन् । यसै गरी मोरङ हस्तन्दहका २० घर परिवारलाई पनि सोही परिमाणमा जिन्सी सामग्री वितरण गरिएको हो ।

स्थानीय प्रतिनिधिहरुकै रोहवरमा अतिविपन्न परिवारलाई राहत वितरण गरिएको गायक खरेलले बताएका छन् । पथरिया झापाका २२ वर्षीय राम राजवंशीलाई बाढीले बगाएपछि भावविह्वल भएकी उनकी आमालाई भने नगद १० हजार सहित राहत सामाग्री हस्तान्तरण गरिएको खरेलले जानकारी दिए । विपत्तिमा सबैले सहयोगी हात फैलाउनु आवश्यक रहेको भन्दै आफ्नो तर्फबाट रु १० हजार राखि गायक खरेलले सुरु गरेको अभियानमा चर्चित हेयर हिजाईनर निल डेभिड कटुवालले पनि साथ दिएका छन् । निल डेभिडले १५ हजार नगदसहित राहत संकलनमा समेत साथ दिएका हुन् ।

 

तपाईको प्रतिक्रिया

Loading…