गायक दुर्गेश थापा बालाजुबाट पक्राउ

काठमाडौं / गायक दुर्गेश थापालाई पक्राउ परेका छन् । तिहारका लागि सार्वजनिक गरेका ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका थापालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । थापाले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परे पछि प्रशासन कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल कुमार थापाले जनाएका छन् । दुर्गेशलाई बालाजुबाट पक्राउ गरेर महाशाखाको ल्याइएको उनको भनाइ छ ।

केही अगाडि सार्वजनिक गीतले छिट्टै लोकप्रियता हासिल गरेपछि यसका केही शब्दहरुलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरु आएपछि युट्यूवको कमेन्ट बक्स नै गायव पारिएको थियो ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…