गायक गणेश रसिकले धरानमा एकल साझ गर्दै

धरान, २२ पौष : गायक गणेश रसिकलाई पहिलो पटक धरानमा एकल साझ गर्ने साइत जुरेको छ ।  यसभन्दा अगाडि विभिन्न स्थानमा एकल साझको आयोजना भएपनि पहिलो पटक धरानमा रसिकको एकल साझको आयोजना गर्ने भएपछि त्यो साइत जुरेको हो ।  आयोजक मुन्धुम बुटिक एण्ड मेख्ली हाउसले आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी माघ २२ गते ‘मुन्धुम साझ’मा गायक रसिकको एकल गीतसंगै साहित्यकार उपेन्द्र सुब्बा, गायिका झुमा वनेमको प्रस्तुतिलाई मुन्धुम साझमा समेटिने हाउसकी सञ्चालक मुनु मिभकले जानकारी दिनुभयो ।

उहाकाले सुगम संगीतको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक धरानमा कार्यक्रम गर्न लागिएको बताउनुभयो । रसिकको यसअघि १३ वटा एकल साझहरु भइसकेका छन् । उहाको काठमाडौं, झापा, पोखरालगायत सिंगापुर, हङकङमा एकल साझहरु सम्पन्न भएपनि धरानमा भने पहिलो पटक हुन लागेको हो ।धरानमा चर्चित कलाकारहरुको कन्सर्टहरु धेरै हुने गरेका छन् । यसले सुगम संगीतका पारखीहरु घटेको प्रति गायक गणेश रसिकले पत्रकार सम्मेलनमा दुःखेसो पोख्नुभयो । अहिले सुगम संगीतका गीतहरु आयोजना गरिदिने कोही नहुने दुःखेसो पोख्दै मुन्धुम बुटिक एण्ड मेख्ली हाउसले पहिलो पटक धरानमा एकल साझको आयोजना गरिदिएकोमा धन्यवाद समेत दिनुभयो ।

मन्धुम साझको माध्यमले सुगम संगीतको महत्वलाई बुझेर अरुले पनि यस्तो खालको कार्यक्रम आयोजना गर्नेमा गायक रसिक आशावादी रहनु भएको छ ।

तपाईको प्रतिक्रिया

Loading...