गयिका सरस्वती माथि लागेको आरोप झुठो सावित

ईटहरी । चर्चित गायिका सरस्वती भुजेल माथि लागेको एक करोड़ ठगी र पीटर राई संग दोश्रो बिहे गरेको आरोप झुठो सावित भएको छ । आरोप पछि गायिका भुजेलले अदालतको साहारा लिएकी थिईन ।

उनको मुद्धामा सुनुवाई गर्दै भक्तपुर जिल्ला अदालतल गायिका सरस्वती भुजेलका श्रीमान धनबहादुर लामाबाट अंश सहित सम्बन्ध बिच्छेद हुने र अंशयारहरू झिकाउनु भनीे आदेश दिएको छ । अब धनबहादुर लामा बिरुद्ध ३ मुद्दा थपिने तयारीमा रहेको गायिका भुजेलले बताएकी छिन ।
भुजेलले पुर्बपति धनबहादुर लामाले आफुलाई उपचार गर्ने भनी झुक्क्याएर बेहोस बनाई डबल ट्यूब काटेर फाली आजीवन निसन्तान बनाएको समेत भुजेलले आरोप लगाईन ।

उनले चौथों श्रीमान को को हुन सबैको प्रमाण सहित प्रतिउत्तर दिन, १ करोड़ ६ लाख लिएर भागेको प्रमाण दिन,धनबहादुरका अंशयार बटुली सरस्वतीलाई अंश दिलाई सम्बन्ध बिच्छेद गर्न,३ बर्ष देखी सम्बन्ध बिच्छेद नभएसम्म लालपूर्जा सरस्वतीको नाममा नपाएसम्म लालनपालन,पोषण,माना चामल ऋण तिरोभरो बेहोर्नु पर्ने समेत दाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…