गंगामायाँले जितिन् भिजन आइडलको उपधि

ओखलढुंगा / भिजन आइडलको उपाधि गंगामाया दुरालले जितेकी छन् । ओखलढुंगामा सञ्चालित एकल गायन (भिजन आइडल) को उपाधि चम्पादेवी गाउँपालिकाकी २३ वर्षिय दुरालले जितेकी हुन् । आइडलमा प्रतिस्पर्धी ४५ जनामा ४४ जनालाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । त्यस्तै चिशंखुगढीको माम्खाका रेजिमान राई फस्टरनरप (द्धितिय) र सिद्धिचरण नगरपालिकाका अविन राई सेकेण्ड रनरप (तृतीय) भएका छन् ।

स्थानीय स्तरका नवप्रतिभावान कलाकारहरुको क्षमताको विकास गर्ने उद्देश्यले आइडल सञ्चालन गरिएको आयोजक भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार २०७३ साल देखि ओखलढुंगामा हरेकवर्ष भिजन आइडल सञ्चालन हुँदै आएको छ । यसवर्ष तेस्रो संस्करण सञ्चालन भएको थियो । तेस्रो संस्करणमा प्रथम, द्धितिय र तृतीयहुनेले क्रमश: नगद ३० हजार, २० हजार, १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । उत्कृष्ट १० ले मेडल र मायाको चिनो प्राप्त गरेका छन् ।

आइडलमा उत्कृष्ट हुनेहरुलाई प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवार,सिद्धिचरण नगरपालिका मेयर मोहन श्रेष्ठ र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारी, प्रमुख जिल्ला अधिकारी गणेश आचार्य लगायतले पुरस्कृत गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…