गंगाकाे पाँचाै एल्बम माइतीकाे देश बजारमा अाउदै

इटहरी । नजिकिदै अाएकाे नारीहरूकाे महान पर्व हरीतालिका तिजकाे अवसर पारेर पुर्वकी चर्चित गायिका गंगा गाैतमले शन्देश मुलक काेशेली स्वरूप पाँचाै एल्बम बजारमा ल्याउने तयारी गरेकी छिन । उनले पाँचाै एल्बमकाे रूपमा माइतीकाे देश बजारमा ल्याउने भएकी हुन। गितकाे म्युजिक भिडीयाेकाे सुटिङ सम्पन्न भइसकेकाे र अाउदाे साउन २६ गते प्रतिस्ठित गायिका कुन्ति माेक्तानबाट इटहरीकाे गाेरखा डिपार्टमेन्ट अघाडी बिमाेचन गरीने कार्यक्रम रहेकाे छ ।

बेलाबेलामा चर्चित गितहरू ल्याएर यस अघी नै चर्चा कमाइसकेकी गायिका गंगाले याे पटक ल्याएकाे तिजकाे काेशेली नया शैली र शन्देश मुलक रहेकाे जुन बजारमा राम्रै स्थान पाउनेमा अाफु बिस्वस्त रहेकाे गायिका गंगा बताउछिन ।

 इटहरीकाे बुढीखाेला स्थित गंगा जमुना मुक्तीघाट लगायत रमणीय स्थानहरूमा गितकाे भिडियाे छायांकन भइसकेकाे छ । उक्त गितमा इटहरी लगायत अासपासकी प्रतिस्ठित महिला नेतृहरूले अभिनय गरेका छन । जम्मा ५ वटा गितहरू समावेस भएका एल्बममा तिन वटा पुरानै गित रहेकाे र बाकी २ नयाँ गित रहेकाे गायिका गाैतमले बताइन ।

तपाईको प्रतिक्रिया