खगेन्द्र यक्सो र आभा मुकारुङको ‘बित्ला है जोवन’ सार्वजनिक (भिडियो)

इटहरी / गायक खगेन्द्र यक्सो र आभा मुकारुङको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक गीतमा आधारित ‘बित्ला है जोवन’ बोलको गीत युमा आर्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियोलाई संखुवासभा र तेह्रथुमको रमणिय स्थानहरु तिनजुरे, मंगलबारे, चौकी, म्याङलुङ्ग, जिरिखिम्तीबजार लगायतमा स्थानमा छायांकन गरिएको छ ।

जिरिखिम्तीको ऐतिहासिक खरुण्डे मेला, बसन्तपुरका रमणिय दृष्यहरुको समावेश गरिएको भिडियोलाई गायक खगेन्द्र यक्सोले निर्देशन तथा शिर कुमार साम्पाङ्गले छायांकन गरेका हुन् । बलराम समालकाे एरेन्ज रहेकाे उक्त  गीतमा मोडल योगेन राई र आशा चोङ्बाङ्क्याक लगायत बुद्धवीर चोङ्बाङ्क्याक, चन्द्र फागो चोङ्बाङ, पत्रकार टि. आर. सेनेहाङ, लाम्देङमा फिल्मका नायक देवेन्द्र चोङ्बाङ, सीता तुम्बाहाङ्फे, अमृता लिम्बू, बिक्की थापा मगर आदिको बेजोड अभिनय देख्न सकिन्छ । गाउँघरतिरको हाटबजार जाँदाको रमाईला क्षणलाई अत्यन्तै कलात्मक ढङ्गले प्रस्तुत गरिएको यो म्युजिक भिडियोमा देओ कृष्ण देवानकाे कोरियोग्राफी, सुवी राईको शब्द रहेकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…