“को बन्छ करोडपती “माेरङका राजिबले जिते १ करोड (भिडियो सहित)

ईटहरी/ केही दिनदेखिको व्यग्र प्रतीक्षा समाप्त भएको छ । ‘को बन्छ करोडपती’ मा १ करोड जित्ने पहिलो ब्यक्ती को होला ? भन्ने खुल्दुली सबैमा थियो । जस्लाई आयोजकले पनि खुलाएको थिएन । सो एपिसोड टेलिभिजन ब्रोडकाष्ट नभैसकेकोले आयोजकले यो कुरालाई गोप्य राखेको हो । तर सनिबार राती ८:३० मा प्रसारण भएको एपिसोडबाट डिल्ली युनिभर्सिटीमा एमबिए पासआउट भएका राजिव जैन करोडपती बनेको हो भन्ने कुरा खुलेको छ ।

केबिसिमा आउने अठार वर्षदेखीको धोको मात्र पूरा गरेनन् उनले १ करोड पनि जितेर घर फर्केका छन् । मोरङ निवासी राजिव १० वर्षदेखि काठमाडौमै बसोबास गर्छन् । उनी ११ जनाको टिम सहित केबिसीमा सहभागी हुन पुगेका थिए । केबिसीमा एक करोड जितेको हल्ला फैलिएपछि धेरैले रवि लामिछानेले जितेको हो भनेर अड्कल गरेका थिए । किनभने रवि पनि उनको नेतृत्वमा बन्न लागेको राष्कोट सामुदायिक अस्पताल सहयोगका लागि ‘को बन्छ करोडपती’ मा सहभागी भएका थिए । तर उक्त एपिसोड टेलिभिजनमा प्रसारण हुन बाकी छ ।

नेपालमा केहि समय अघिबाट प्रसारण सुरु भएको ‘को बन्छ करोडपति’ले नेपालमा यतिबेला निक्कै चर्चा पाईरहेको छ । नेपालि सेलिब्रेटी हरुदेखी लिएर आम नेपालीहरुले पनि आफ्नो ज्ञानलाई प्रदर्सन गर्दै १ करोड सम्म नगद पुरस्कार जित्न सक्छन । तर हालसम्म नेपाली सिरिजमा १ करोड जितेको यो नै पहिलो हो । ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण हो ‘को बन्छ करोडपति’ ।

एपीवान एचडीबाट प्रसारण हुने यो कार्यक्रमका संचालक नेपाली सिने जगतका महानायक राजेश हमाल रहेका छन् भने कार्यक्रम प्रत्येक शनिबार, आइतबार र सोमबार ८:३० बजे प्रसारण हुनेछ । कार्यक्रम एसारबीएन मिडियाको सहप्रायोजन रहेको छ । कार्यक्रममा एसएमएसद्धारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन् । यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन् । तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन् ।

तपाईको प्रतिक्रिया

Loading…