केकी रानी बन्दा यी हुने भए केकीका ‘राज्जा’

काठमाडौँ। आइतबार ‘कोहिनुर’ तथा ‘वीर विक्रम’का स्क्रिप्ट राईटरको निर्देशकिय डेब्यू फिल्म ‘राज्जा रानी’को शुभसाईत गर्दै निर्माणको घोषणा गरिएको छ। शंख,घण्ट र पण्डितको मन्त्रोचारण सहित फिल्मको घोषणा गरिएको हो। केकी अधिकारी तथा र नाजिर हुसैनले तराई समुदायको बेहुला बेहुली लुकमा मुर्हुत सट दिएका थिए। फिल्मको फाल्गुन ५ देखि नेपालगञ्जका आसपासका गाउँहरुमा छायाँकन हुने फिल्मलाई डिस होम तथा सिम टिभीका संस्थापक प्रमुख एवं हाल नेपालमा पहिलो पटक टेरोष्टोरियल प्रविधिमा आधारित १ सय ५० च्यानल सहितको प्रभु टिभीका प्रबन्ध निर्देशक रमेश एम.के. पौडेलले निर्माण गर्न लागेका हुन।

कार्यक्रममा बोल्दै पौडेलले भने, ‘मैले प्रत्यक्ष अप्रत्यक्ष रुपमा केही फिल्महरुमा पनि लगानी गरेको थिए तर यो फिल्मको कथा सुनेको आधा घण्टामै फिल्म बनाउँने ईच्छा जाग्यो र यो प्रोजेक्ट अघि बढाएको हुँ।’ त्यस्तै निर्देशक थापाले ‘कोहिनुर’ फिल्मबाट पहिलो पटक लेखनमा विश्वास गरेर स्थापित गराएका अभिनेता श्रीकृष्ण श्रेष्ठ तथा निर्देशक आकाश अधिकारीलाई उनीमाथि गरिएको विश्वासप्रति आभार प्रकट गर्दै पहिलो निर्देशनका लागि विश्वास गरेकोमा निर्माता रमेश पौडेललाई विशेष धन्यवाद दिए। थापाले ‘राज्जा रानी’ सोसल ड्रामा फिल्म भएको र फिल्मले दर्शकको मन जित्ने दाबी पनि गरे।

कार्यक्रममा अभिनेत्री रेखा थापा र अभिनेता भुवन केसी विशेष अतिथि बनेका थिए। ‘राज्जा रानी’मा पुरुषोत्तम प्रधानको छायाँकन रहनेछ भने गीत राजेन्द्र थापा, संगीत तारा प्रकाश लिम्बु तथा दीपक शर्मा, एवम गायनमा सहिमा श्रेष्ठ, सुमिना तामाङ लामा र नरहरी प्रेमी तथा कोरियोग्राफरमा कविराज गहतराज टिम रहनेछन्। फिल्ममा केकी र नाजिरका अलावा कामेश्वर चौरशिया दीपक क्षेत्री, अरुण रेग्मी,संगीता नापित, लक्ष्मी बर्देवा, विनोद निरौला, अशोक आचार्य र बाल कलाकारका रुपमा अनुज थापाले अभिनय गर्नेछन्। सेतोपाटी बाट

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…