कृष्णभक्त राई तथा सशी किरातीको “धानै झुल्यो लह लह..” सार्वजनिक (भिडियो सहित)

इटहरी । गायिका सशी किराती र गायक कृष्ण भक्त राईको आवाजमा रहेकाे पूर्वेली गीत “धानै झुल्यो लह लह..” सार्वजनिक भएकाे छ । एस.के. इटरटेइटमेन्ट यूट्यूब च्यानल मार्फत सार्वजानिक गरिएकाे हाे । पूर्वेली लाेकभाकामा आधारीत उक्त गीतकाे शब्द, संगीत गायिका स्वयम् सशी किरातीको रहेकाे छ भने एरेन्ज गायक कृष्णभक्त राईकाे रहेकाे छ । स्टुडियो किङ काठमाण्डौ तथा स्थित स्ट्रिङ्ग रेकर्ड इटहरीमा रेकर्ड गरिएकाे हाे । गीतमा मिक्सिंग राजु कार्कीकाे रहेकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…