कुलुङ भाषामा बोलेर कोरियन हुँ भन्दै ठग्दै छ दर्पण (भिडियाे सहित)

dsdसंखुवासभा , १५ असार / गीतकार तथा मोडल दर्पण राईले सोझा सिधा गाउँलेहरुलाई कोरियन हुँ भन्दै ठगेको छ । कुलुङ भाषालाई कोरियन भाषामा बङ्ग्याउदै बोलेर सोझा गाउँलेहरुलाई कोरिया लान्छु भन्दै रकम असुलेर ठगेको हो । तर, यो समचार वास्तविक नभएर टेलिचलचित्र ‘ल्याप्चे’को कथा हो । नेपाल टेलिभिजन प्लसबाट प्रसारण हुँदै आएको टेलिचलचित्र ‘ल्याप्चे’मा दर्पण कोरियन युवा मिष्टर वाङको भुमिकामा प्रवेश गरेको छ ।

टिकाराम आलेको निर्देशनमा निर्माण हुँदै आएको उक्त टेलिचलचित्रको ३७औं भागमा दर्पणले यस्तो अभिनय गरेको हो । पछिल्लो समय ‘तिम्ले बाटो फेर्यौ अरे…..’ बोलको गितले बढि चर्चा कमाएको कोरियन जस्तै अनुहार देखिने दर्पणको टेलिचलचित्रमा प्रवेशले उनको चर्चा अझै चुलिएको छ । कुलुङ भाषालाई कोरियन भाषामा बङ्ग्याउदै बोलेपछि कुलुङ समुदायमा पनि अझ उनको चर्चा बढेको छ ।

गीतकारको रुपमा बढि चर्चामा रहेको दर्पणले यस अघि केहि गीतहरुमा मोड्लिङ गरिसकेको छ । चलचित्रमा भने यो उनको पहिलो अभिनय हो । पुख्र्यौली थलो सोलुखुम्बुको सोताङ रहेको दर्पण हाल काठ्माण्डौमा बस्दै आएको छ ।

तपाईको प्रतिक्रिया