कुञ्जनाको आक्रोस : प्रकाश कँडेल देशद्रोही हो

चितवनमा निर्माणधिन अवस्थामा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थलको बारमा डोजर लगाईएपछि यस घटनाको चौतर्फी आलोचना भईरहेको छ ।
नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले रंगशालाको बार भत्काईदिएपछि यसको निकै बिरोध भयो । घटनाको व्यापक आलोचनपछि संलग्नहरु प्रक्राउ परिसकेका छन् ।

घर परिवार , भोक केही नभई देशका लागि रंगशाला निर्मााण् गर्न लाग्दा भएको अवरोधपछि सिताराम कट्टेल धुर्मुसले मन मात्र दुखाएनन् आँसु नै खसाले । बार भत्किएको देखेका उनले जीवनमै यो भन्दा कारुणिक दृश्य नदेखेको भन्दै रोए । घटनापछि कुञ्जना घिमिरे पनि चितवन आईपुगेकीछिन् । उनले रंगशालाको बार भत्काएपछि आक्रोसित हुँदै संलग्न सबैले माफी माग्दै क्षतिपुर्ती दिनु पर्ने माग गरिन् । उनले डोजर रंगशालाको बारमा नभई बिदेशमा खाडीमा रगत र पसिनामाथि चलेको बताईन् ।

उनले भनिन् “सबै नेपालीहरुको मन भत्काईएको छ । रंगशालामा यतिबेला जति पनि संरचनाको काम भईरहेको छ सबै खाडीमा रगत पसिना बगाएर काम गर्ने , आफनो तरकारी खाने खर्च कटाएर दिएको दाजुभाईको पसिनामाथि डोजर लगाईयो” । उनले डोजर लगाउन नेतृत्व गर्ने र बार भत्काउँन संलग्न रहेका सबै स्थानीयहरुले सजाय पाउँनु पर्ने माग गरिन् ।

उनले भनिन् “बार भत्काउँनेलाई देश देशद्रोही भन्छु त्यस्ता देश बिरोधीहरुलाई कडा भन्दा कडा सजाय हुनु पर्छ । डोजर लगाउँने मुख्य प्रकाश कँडेलको पृष्ठभुमीको बारेमा नै खोजतलास हुनु पर्छ । अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको छ त्यसले चित्त बुझ्दैन । त्यसलाई खुले आम देखाउनु पर्छ । जुत्ताको माला लगाउँनु पर्छ । रकम सहयोग गर्ने सबैसंग घुँडा टेकेर माफी माग्नु पर्छ” ।

तपाईको प्रतिक्रिया

Loading…