किड्स ट्यालेन्ट हन्ट’ प्रतियोगिता सम्पन्न

विराटनगर / विराटनगरको हाटखोला स्थित ग्रेडेड बोर्डिङ स्कूलमा ‘किड्स ट्यालेन्ट हन्ट’ प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता आन्तर्गतको सिंगिनतर्फको प्रथम कक्षा तीनका राज पराजुली, द्धितीय कक्षा दुईका निराजन मिश्र र तृतीय सोही कक्षाका प्रसय विष्ट भएका छन् ।

त्यस्तै एसकेजीदेखि नर्सरीसम्म भएको नृत्यतर्फको प्रथम मनिक्षा श्रेष्ठ, द्धितीय मनिषा कटुवाल र तृतीय जीया भगत भइन् । सोही विधातर्फको १, २ र ३ कक्षातर्फ भएको प्रतियोगिताको प्रथम कक्षा दुईकी प्रसिधी प्रधान, द्धितीय सोही कक्षाकी रोस्ना तामाङ्ग र तृतीय कक्षा तीनकी सदिक्षा बस्नेत घोषित भइन् । स्कूलमा अध्ययरत विद्यार्थीहरूको प्रतिभा खोजी गर्ने उद्देश्यले यस्तो खालको प्रतियोगिता आयोजना गरेको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले बताए । प्रतियोगिताको निर्णायकहरूमा नृत्य निर्देशक मनोज राजवंशी, कविता लामा श्रेष्ठ र गायक सिंगीन राजन राई रहेका थिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया