कार दुर्घटनामा परि अभिनेत्री रेखा थापा सामान्य घाइते

काठमाडौं । अभिनेत्री रेखा थापा कार दुर्घटनामा परेकी छन्। ‘टिभी फिल्मी’मा अन्तरवार्ता दिएर आफ्नो निवास फर्कने क्रममा उनको कारलाई मालबाहक ट्रकले ठक्कर दिएको हो।

रिलिजको क्रममा रहेको ‘रूद्रप्रिया’बारे अन्तरवार्ता दिएर फर्किरहेका बेला दिउँसो सवा १२ बजे दुर्घटना भएको हो। दुर्घटनाका कारण गाडीमा क्षति पुगे पनि रेखा सकुशल छिन्।

दुर्घटनापछि रेखा र ट्रकका सम्बन्धित व्यक्ति गौशाला प्रहरी वृत्त पुगेका थिए। दुवै पक्षबीच कार मर्मत गर्ने सहमति भएको छ।

तपाईको प्रतिक्रिया

Loading...