कादर खान रहेनन्, क्यानडामा लिए अन्तिम सास

बलिउडका चर्चित अभिनेता कादर खानको क्यानडाको एक अस्पतालमा निधन भएको उनका छोरा सरफराज खानले पुष्टि गरेका छन्। सरफराज खानले बीबीसी हिन्दीसँग भने, “हाम्रा पिता अब हामीसँग रहनु भएन।” ८१ वर्षीय कादर खान वरिष्ठ अभिनेता मात्र थिएनन्; उनी एक पटकथा तथा सम्वाद लेखक पनि थिए।

उनको स्वास्थ्य अवस्था केही दिनदेखि बिग्रिरहेको थियो र सामाजिक सञ्जालमा उनको निधन भइसकेका हल्लाहरू चलेका थिए। अभिनेता अमिताभ बच्चन र अभिनेत्री रविना टंडनले ट्वीट गर्दै उनको स्वास्थ्य लाभको कामना गरेका थिए। सन् १९८० र ९०को दशकमा कादर खानले गोविन्दा र अनिल कपूरसँग कैयौँ चलचित्रमा काम गरेका थिए। सन् १९७३ मा राजेश खन्नाको चलचित्र दागबाट बलिवुडमा पाइला राखेका कादर खानले ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन्। बिबिसी

तपाईको प्रतिक्रिया

Loading…