कसको मायामा हराईन अनु ? (भिडियो सहित)

एक समयको चर्चित लेडिज व्याण्ड द क्रियटिभ लेडिज ब्याण्डकी गायिका तथा रिदम गिटारिष्ट अनु गुरुङ नयाँ एल्बमको तयारीमा जुटेकी छिन् । नयाँ एल्बमका लागी तयार पारेको गीत ‘हो म तिम्रो मायामा हराएकी छु ।’ सार्वजनिक भएको छ । २०५६ सालमा स्थापना भएको महिलाहरुको मात्र व्याण्ड द क्रियटिभ सुरुमा निक्कै सक्रिय थियो ।

तर व्याण्ड सदस्यहरु पढाई र व्यवहारिक कामले लाखापाखा लागे । एक वर्षसम्म एक्लै एक्लै गाएकी अनु पनि लामो समय टिक्न सकिनन् । तर संगीत क्षेत्र छाड्न सकिनन् । उनि भन्छिन् ‘संगीतको मायामा गराएँ, जहाँ पुगेपछि छाड्न सकिंन ।’ अहिले नयाँ एल्बमका लागि गीत रेकर्ड गराईरहेकी अनुले सार्वजनिक गरेको हो म तिम्रो मायामा गीतको भिडियोमा सम्पदा बानियाँ र मोनि सोनिले अभिनय गरेका छन् । अरुण तिवारीको शब्द र विक्रम थापाको संगीत रहेको गीतको भिडियो निर्देशन र छायाँकन अमृत सुनुवारले गरेका हुन् ।

हेर्नुहाेस् भिडियो

तपाईको प्रतिक्रिया

Loading...