कलामा रुझ्दै रुबिना (तस्विरहरू)

मिजाशिली, हाइटी, मिलेको शरीर र जीवन्त अभिनय पस्कने खुबी छ उनमा । यसै कारणले अहिले उनको व्यवस्तता बढेको छ । उनी हुन् सुनसरी इटहरी–५ मादेन मार्गकी रुबिना गहतराज । सेकेन्डरी बोर्डिङ स्कुल इटहरी र सुकुना मल्टिपलबाट उच्च शिक्षा हासिल गरी हाल चितवन भरतपुर हस्पिटलमा फिजियोथेरापी अध्यनरत छिन् उनी । ८ वर्षको उमेरदेखि नै नृत्यमा मोह जगाएकी रुबिनाले युनाइटेड डान्स सेन्टर इटहरीबाट नृत्य प्रशिक्षण लिएकी हुन् ।

गायक संजिप पुडासैनीको ‘बिर्सन मैले…’ बोलको गीतमा अभिनय गरेर म्यूजिक भिडियोमा ‘डेब्यु’ गरेकी गहतराजले जितेन लेप्चाको ‘तिमीले साथ छोडिदिंदा…’ हुँदै १६ वटा म्यूजिक भिडियोमा जीवन्त अभिनय पस्किसकेकी छिन् । उनले म्यूजिक भिडियोमा मात्र आफूलाई उभ्याइनन् मोफसलबाट निरन्तर निर्माण हुँदै आएको ‘दोबाटे’ टेलिसिरियलको १ सय १ भागदेखि अहिलेसम्म निरन्तर अभिनय गर्दै केही चौधरी र भोजपुरी चलचित्रको गीतहरुमा आइटम डान्समा पनि छाइसकेकी छिन् ।

भावी दिनमा अझ उत्कृष्ट काम गर्ने ध्याउन्नका साथ लागिपरेकी उनी पारिवारिक सपोर्टको कारण नै यो स्थानमा पुगेको सुझाउँछिन् । आमा तारा र बुबा नरबहादुर साथै मामा मिलन शंकर, कलाकार÷निर्देशक हरेन्द्र खत्री र साथी लक्षणा राईको साथ सधैव अपरिहार्य रहेको बताउँछिन् उनी । तस्बिर: करण धिताल, मेकअप : रेजिना लिम्बु

Purbeli TV

तपाईको प्रतिक्रिया