कलाकार प्रज्ञा जोशी हनुमान ढोका हिरासतममा

इटहरी । कलाकार तथा निमात्री प्रज्ञा जोशी ५० लाख ठगी गरेको आरोपमा हुनुमान ढोकामा थुनामा राखिएको छ । केहि दिन अघि इटहरीबाट पक्राउ गरी काठमाण्डौ लगिएको जोशीलाई थुनामा राखेर कार्वार्ही अगाडी बढाईएको अपराध अनुसन्धान महाशाखा काठमाण्डौले जनाएको छ ।

सर्वसाधरणबाट लाखै रुपैयाँ ठगी गरी इटहरीमा बस्दै आएकी जोशीलाई वाउन्स चेक ठगीमा मुद्धा दायर भएको महानगरीय प्रहरी परिसर हनुमान ढोकाका डिएसपी दुर्गा दाहालले बताए । दाहालले भने जोशीलाई मुद्धा दायर गरी अनुसन्धान गरीरहेका छौ । पछिल्लो केहि बर्ष यता विभिन्न वाहानामा सर्वसाधरणलाई ठग्दै आएकी जोशीलाई इटहरीबाट पक्राउ गरीएको थियो ।

सुबर्ण कुमारी श्रेष्ठले आफुलाई जग्गा दिलाईदिने भन्दै ५० लाख महानगरीय प्रहरी परिसर काठमाण्डौमा दिएको उजुरीको आधारमा कलाकार जोशीलाई पक्राउ गरेको हो । विभिन्न टेलि सिरियल सहित फिल्म खेलेकी जोशी केहि बर्ष यता बदनाम बन्दै छिन ।

याे पनि पढ्नुहाेस्

इटहरीबाट कलाकार तथा निर्मात्री प्रज्ञा जोशी पक्राउ, ५० लाख ठगी गरेकाे आरोप

Subscribe Purbeli TV

तपाईको प्रतिक्रिया