करिश्मासँग प्रेममा परेका यी विवाहित पुरुष को हुन् ?

एजेन्सी । बलिउड अभिनेत्री करिश्मा कपुर उनका नयाँ प्रेमीका कारण चर्चामा छिन् । कुनै बेलाकी हिट अभिनेत्री भएपनि अहिले बलिडमा निष्क्रिय जस्तै रहेकी करिश्माको केही समय अघी मात्र पतिसँग सम्बन्ध विच्छेद भएको थियो । तर सम्बन्ध विच्छेदको एक वर्ष पनि नवित्दै करिश्मासँग नयाँ पुरुषसँग लिभइन सम्बन्धमा बस्न थालेपछि उनको चर्चा चुलिएको हो । उनका नयाँ ब्वाइ फ्रेण्ड सन्दीप तोशनीवाल रहेको बताइएको छ । उनीहरु मुम्बइको बान्द्रामा एक घर किनेर बस्ने तयारी रहेको बुझिएको छ । करिश्मा यस अघि नै सन्दिपसँग बस्न थालिसकेकी छिन् ।

विवाहित रहेका भएपनि उनले आफ्नी पत्नीसँग सम्बन्ध विच्छेद गरेर करिश्मासँग घरजमको तयारीमा रहेको पनि भारतीय सञ्चार माध्यमले जनाएका छन् । सन्दीप करिश्मालाई एक महंगो घर उपहार दिने तयारीमा रहेको समेत बुझिएको छ ।सन्दीपकी पत्नी अर्शिताले भने पतिले करिश्मासँग प्रेममा परेर आफूलाई धोका दिएको आरोप लगाएकी छिन् । करिश्मा पतिसँग सम्बन्ध विच्छेद गरेर आफ्ना २ सन्तानसहित पितासँग बस्दै आएकी छिन् ।

तपाईको प्रतिक्रिया

Loading...