‘कभर सङ्ग’ले चर्चामा महेन्द्र–दीपा (भिडियो सहित)

इलाम कोल्बुङका महेन्द्र राई र दीपा तामाङ ‘कभरसङ्ग’ गाएर चर्चामा छन् । २०५३मै गीत रेकर्ड गरेर सांगीतिक क्षेत्रमा आएपनि महेन्द्र साडे ३ वर्षयता दीपासँग ‘कभरसङ्ग’ गाउन थालेपछि सांगीतिक क्षेत्रमा चिनिन थाले । ५० हाराहारी गीतमा कभर गाएका उनिहरुले ‘पर्खाईमा’ नामको एल्बमपनि निकालेका छन् । त्यसकालागि उनिहरुले युट्युबमा आफ्नै नाममा ‘महेन्द्र एण्ड दिपा च्यानल’ खोलेका छन् । त्यसैमार्फत पुराना गायक गायिकाका गीत गाउँदै सार्वजनिक गर्छन् । महेन्द्र भन्छन् ‘युट्युबमा कभरसङ सुनेर नै धेरैतिरबाट कार्यक्रममा बोलाउँछन्, अरुका गीतमा संगीत भर्ने अवसरपनि पाईएको छ ।’

‘कभरसङ्ग’ ले चर्चामा आएका महेन्द्रले हालसम्म ३० भन्दा बढि गीतहरुमा संगीत गरेका छन् । भने दिपाले एक दर्जन गीतमा स्वर दिएकी छिन् । उनको नयाँ गीतको भिडियो सम्बन्ध यो टुटेपछि बजारमा आउने तयारीमा छ ।  कभरसङ्गले चिनाउन थालेपनि दिपा यहि क्षेत्रमा राम्रो गर्नका लागि संगीत अध्ययन गरिरहेकी छिन् । आफ्नै गीतपनि रेकर्ड गराईरहेकी उनिपनि सांगीतिक कार्यक्रममा गाउन धेरै ठाउँ पुगेकी छिन् । अहिले काठमाडौंमा बसेर युट्युब च्यानल मार्फत चिनिंदै गरेका उनिहरुले त्यहि च्यानलबाट पैसापनि कमाउन थालेका छन् ।

सांगीतिक क्षेत्रमै निरन्तरता दिने उनिहरुको योजना छ । दिपा भन्छिन् ‘पहिला किसानका छोराछोरीलाई संगीत क्षेत्रमा लाग्न गाह्रो थियो, अहिले प्रविधिको विकासले घरमै गाएर, मोबाइलमा रेकर्ड गरेर सार्वजनिक गर्न सकिंदो रहेछ ।’

भिडियो

तपाईको प्रतिक्रिया