कथा काठमाडौंको ट्रेलरमा प्रियंका र प्रमोद अझै हट (ट्रेलर सहित)

रातका कुरा बोलको गीतमा नायिका प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीलाई हटरूपमा देखाइएको फिल्म कथा काठमाडौंको यी दुई कलाकारलाई अझै हटरूपमा पेस गरिएको ट्रेलर सार्वजजिनक गरिएको छ।

सञ्चारकर्मी संगीता श्रेष्ठको डेब्यु निर्देशन र लेखनमा बनाइएको फिल्मको ट्रेलर राजधानीमा आइतबार आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो। ट्रेलरमा काठमाडौं भित्रको ३ कथा प्रस्तुत गरिएको छ। जसमध्ये एक कथामा प्रियंका कार्कीलाई पैसाका खातिर मोडल बनेकी युवतीका साथमा यौन शोषणमा परेकी युवतीका रूपमा प्रस्तुत गरिएको छ।

जसमा प्रमोद अग्रहरी जोडिन पुग्छन्। यसै क्रममा प्रियंका र प्रमोदबीचको उत्तेजक इन्टिमेट सिन देखाइएको छ। अर्को कथा नायक आयुषमान देशराज जोशी र प्रेक्षा अधिकारीको रहेको छ भने नायक संजोग कोइराला र सन्ध्या केसीको अर्को कथा ट्रेलरमा देखाएको छ।

Purbeli TV

तपाईको प्रतिक्रिया