कंगनालाई बहिष्कार गर्ने पत्रकारको निर्णय

गलत आरोप लगाउँदै पत्रकारमाथि दुर्व्यवहार गरेपछि पत्रकारहरुले बलिउड अभिनेत्री कंगना रनौतलाई बहिष्कार गर्ने निर्णय गरेका छन् । भारतको मनोरञ्जन पत्रकार समाजले अभिनेत्री कंगना रनौतसँग सम्बन्धित समाचार बहिष्कार गर्ने घोषणा गरेका हुन् । कंगलाले रिलिजको संघारमा रहेको आफ्नो चलचित्र ‘जजमेन्टल है क्या’ को प्रचारका लागि गत आइतबार आयोजित एक कार्यक्रममा पिटिआईका पत्रकार जस्टिन रावमाथि आफ्नो र आफ्नो अघिल्लो चलचित्र ‘मणीकर्णिका’बारे दुष्प्रचार गरेको आरोप लगाएकी थिइन्।

उक्त आरोपपछि आक्रोशित बनेका पत्रकारहरुले ‘जजमेन्टल है क्या’ की निर्मात्री एकता कपुरलाई पत्र लेख्दै कंगनाले सार्वजनिक रुपमा माफी नमागेसम्म समाचार बहिष्कार गर्ने बताएका हुन्। यसैबीच एकताले फिल्म प्रोडक्सन कम्पनी बालाजी टेलिफिल्म्सको तर्फबाट एक आधिकारिक बयान जारी गर्दै माफी मागेकी छिन् र घटनाप्रति खेद जताएकी छिन् ।

तपाईको प्रतिक्रिया

Loading…