‘ऐश्वर्य’ नयाँ पोष्टरमा केकी र रमेशको प्रेम , बढ्यो चलचित्रको कौतुहलता

कार्तिक ९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘ऐश्वर्य’ को गीत र ट्रेलरले निकै राम्रो चर्चा कमायो । रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारि लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । सार्वजनिक ट्रेलर बाहेक ऐश्वर्यको कुनै पनि प्रमोसनल गतिविधिमा नदेखिएकी केहि अधिकारि सम्मिलित नयाँ पोस्टर निर्माण टिमले सार्वजनिक गरेको छ ।

चलचित्रको दर्शकले ट्रेलरमा केकीलाई रुचाएका छन् भने चलचित्र भित्र उनि दमदार भूमिकामा रहेको निर्माण पक्षले बताउदा आएको छ । ऐश्वर्य संग सम्बन्धित कुनै पनि कार्यक्रममा नदेखिएकी केकिलाई प्लानिङ अनुसार नै प्रमोशनमा ल्याइने निर्माण टिमले जानकारी दिएको छ ।

रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । रमेश उप्रेती निर्माताको रुपमा रहेको चलचित्रमा निर्मल शर्मा सह निर्माता रहेको छन्। चलचित्रलाई अल नेपाल डिसीएनले वितरण गर्नेछ।

तपाईको प्रतिक्रिया

Loading...