ऐश्वर्यालाई अभिषेकले यसकारण फिल्म खेलाउन चाहँदैनन्

काठमाडौं। बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनले विवाहअगाडि धेरै वटा फिल्ममा एकसाथ काम गरे । तर, विवाहपछि ‘रावण’ र ‘सरकार राज’ दुई वटा फिल्ममा मात्र एकसाथ काम गरे । होलै, अभिषेक बच्चनले पत्नि ऐश्वर्या रायसँग काम गर्न नचाहेको बताएका छन् । अभिषेक अभिनित फिल्म ‘हाउसफूल–३’को सफलतापछि उनले आगामी बर्ष आफ्नो होम प्रोडक्शनमा ‘लेफ्टी’ नामक फिल्म बनाउँदै छन् ।

 स्रोतअनुसार, अभिषेक बच्चनको यो होम प्रोडक्शन फिल्म भएका कारण ऐश्वर्या पनि ‘लेफ्टी’ फिल्ममा काम गर्न चाहान्छिन् । तर, फिल्मको मुख्य भूमिकाका ऐश्वर्यालाई नलिई अभिषेकले अर्कै अभिनेत्रीको खोजी सुरु गरेका छन् । फिल्मको मुख्य भूमिकाका लागि ऐश्वर्याको उमेर बढी भएकाले उक्त भूमिकामा उनी नसुहाउने अभिषेकको भनाई छ ।

यस भूमिकाका लागि अन्य युवती अभिनेत्रीको खोजी जारी राखिएको छ । यस फिल्मलाई निर्देशक प्रभुदेवाले गर्ने भएका छन् । अभिषेक–ऐश्वर्याले फिल्म ‘गुरु’, ‘रावण’, ‘कुछ ना कहो’, ‘ढाई अक्षर प्रेम के’, ‘उमराव जान’ र ‘सरकार राज’जस्ता फिल्ममा सँगै काम गरेका छन् । यीमध्ये ‘रावण’मा अभिषेक–ऐश्वर्याको जोडीलाई निकै मन पराएका थिए ।

तपाईको प्रतिक्रिया