ऐतिहाँसिक राँके मेलाको अबसरमा भब्य सांस्कृतिक कार्यक्रम हुने

तेह्रथुम / जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर गाउँपालिका ३ पञ्चकन्यामा ऐतिहाँसिक राँके मेलाको अबसरमा भब्य सांस्कृतिक कार्यक्रम हुने भएको छ । परम्परा देखी लाग्दै आएको मेलामा सदाका बर्षहरुमा झै यस बर्ष पनी मिरमिरे याक्थुङ युबा क्लब छथर पञ्चकन्याको आयोजनामा हुने भएको हो । मौलिक कला संस्कृतीलाई संरक्षण गर्ने उदेश्यका साथ क्लबले बिगतका बर्षहरुदेखी नै सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको क्लबका अध्यक्ष गनिन्द्र लिम्बुले बताए ।

तपाईको प्रतिक्रिया

Loading…