‘ए मेरो हजुर ३’ गीत रिलिज, अनमोलको अङ्गालोमा सुहाना बोल्ड हुदा ट्रेण्डिङ्गमा (भिडियो सहित)

ईटहरी/ नायिका झरना थापा पुत्री सुहाना थापा र नायक भुवन केशी पुत्र अनमोल अभिनित फिल्म ‘ए मेरो हजुर-३’ को रोमाण्टिक गीत तथा भिडियो सार्बजनिक भएको छ । सार्बजनिक पश्चात सो भिडियो अहिले युट्युब नेपालको ट्रेण्डिङ्गमा पनि प्रवेश गरेको छ । ‘जीन्दगी नै भन्दिन’ बोलको गीतमा अनमोलले डेब्यू गर्ल सुहाना थापासँग खुलेर स्कृन सेयर गरेका छन् ।

सार्वजनिक गीतमा स्वर सुगम पोखरेल र प्रविशा अधिकारीको छ भने एकनारायण भण्डारीको शब्दमा आशिष अबिरलले संगीत भरेका छन् । सुहानालाई यो गीतको भिडियोमा बोल्ड अवतारमा प्रस्तुत गरेको देख्न सकिन्छ । युट्युबमा सार्बजनिकको २४ घण्टा नपुग्दै यो गीतको भिडियोलाई ७ लाख भन्दा बढि पटक हेरिएको छ भने ४० हजार लाईक र ५ हजार बढि सकारात्मक प्रतिक्रिया पाएको छ । त्यस्तै यो समाचार तयार पार्दा सम्म भिडियो ट्रेण्डिङ्गको १५ औ स्थानमा आईपुगेको छ ।

मनाङको आइसलेकदेखि सगरमाथा बेसक्याम्प र अमेरिकाको न्युयोर्क सम्मका रमणीय स्थानमा फिल्मको सार्वजनिक गीतको छायाँकन गरिएको छ । श्रीमान् सुनिल कुमार थापा निर्माता, श्रीमती झरना थापा निर्देशक रहेको फिल्ममा छोरी सुहाना थापालाई नायिकाको रुपमा ‘ए मेरो हजुर’को तेश्रो सिक्वेलमा थापा दम्पतीले नेपालि सिने नगरीमा डेब्यु गराएका हुन् ।

सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्ममा कथा निर्देशक थापासँगै सुमन पौडेलको छ । बाबुराम दाहाल, छेतेन गुरुङ, सुमन पौडेल र प्रतिक पौडेलले स्कृनप्ले तथा संवाद लेखनमा साझेदारी गरेका छन् । ‘ए मेरो हजुर ३’ यहि बर्षको अन्तिम साता चैत्र २९ मा रिलिज हुँदैछ । यो फिल्ममा अनमोल र सुहानाको अलवा अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहारी, सरोज खनाल लगायत लिड अभिनयमा छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…