‘ए मेरो हजुर ३’ गीतमा सुहानाको बोल्ड अवतार, फिल्म कोरियोग्राफीमा डान्सर राहुलको इन्ट्री (भिडियो सहित)

ईटहरी/ अभिनेत्री टर्न निर्देशक झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ को तेस्रो गीत युट्युबमा सार्वजनिक भएको छ । ‘चिट डे’ बोलको गीतमा चलचित्रकी लिड एक्ट्रेस सुहाना थापा फिचर्ड छिन् । प्रविशा अधिकारीको स्वर रहेको गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत छ । गीतको भिडियोमा सुहानाले कोरियोग्राफर राहुल शाहको डान्स स्टेप पछ्याएकी छन् ।

चलचित्रले एक सेलिब्रेटी र फ्यानको प्रेमकथा वाचन गरेको हुँदा सार्वजनिक गीतमा आफ्नो ‘फेभरेट’ गायक प्रेम (अनमोल केसी) लाई भेटेपछि सुहानाको खुसीलाई व्यक्त गर्न खोजिएको छ । भिडियोमा उनको ‘एक्सप्रेसन’ गजब छ । राहुलको डान्स स्टेपमा उनले उम्दा नृत्य प्रस्तुत गरेकी छन् । भिडियोमा केही बोल्ड देखिएकी उनको नृत्यले धेरैलाई तान्छ ।

गीतमा अनमोल भने सुरुवातमा मात्र देखिन्छन् । निर्देशक थापाले सार्वजनिक गीत चलचित्रमा कथावाचनको रुपमा प्रयोग गरिएको बताइन् । अभिनेत्री सुहाना उनकै छोरी हुन् । ‘ए मेरो हजुर ३’ बाट उनले छोरीलाई फिल्ममा ल्याएकी हुन् । चलचित्रको यसअघि सार्वजनिक दुई गीत र ट्रेलरले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ । यो चलचित्र यही चैत २९ मा रिलिज हुँदैछ ।

यस चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको चलचित्रमा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको चलचित्रमा दिर्घ खड्काले सम्पादन गरेका छन् । चलचित्रमा सत्यम राना र अचुत बजगाइँले भिएफएक्स गरेका छन् ।

Subscribe Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…