ए मेरो हजुर २ काे शुखद सुरूवात

चलचित्र ए मेरो हजुर २ ले शुखद सुरुवात गरेको छ। चलचित्र देशभरका सम्पूर्ण हलहरुमा हाउसफुल भएको छ। हिन्दी चलचित्रलाई समेत बिस्थापित गर्दै ए मेरो हजुर २ ले गज्जबको माहोल सिर्जाना गरेको छ। यती बेला देश नै ए मेरो हजुर २ मय बनेको छ भन्दा फरक पर्दैन।दसकौ देखी नेपाली सिने जगतमा अहोरात्र खटी रहेकी नायीका झरना थापाको डेब्यु निर्देशन रहेका ले पनि यो चलचित्र बहु प्रतीक्षित थीयो। प्रदर्शनमा आईसकेपछी चलचित्र मात्र हिट भएन निर्देशक झरना थापा पनि हिट साबित भएकी छिन्। चलचित्र ब्यापक चले सँगै नेपाली राजातपटले अर्का ३ स्टार पाएको छ। यस आघी नै एक चलचित्रमा अभिनय गरिसकिकी नायीका साम्राग्गी राज्य लक्ष्मी शाह ए मेरो हजुर २ बाट नेपाली सिने नगरिमा दमदार नायीका को रुपमा उदाएकी छिन्।

यसै चलचित्र बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका नायक सलीन मान बनिया ले पछील्लो समयका चल्तीका नायक हरु लाई मात खुवाउने आकलन गर्न थालिएको छ। चलचित्र का अर्का नायक सलोन बश्नेत को कुरा अर्कै छ। सानै देखी चलचित्र क्षेत्र मा भए पनि त्यो चर्चा पाएका थीएनन जुन चर्चा उनलाई ए मेरो हजुर २ ले दिएको छ। चलचित्र भित्रका हरेक सीन को टर्न पोईन्ट बनेका सलोन सबैको आँखामा बस्न सफल भएका छन।

मास्टर प्लानर को ट्याग पाएका सलोन, योङ लवर बोई सलीन, अनी मनमा माया हुँदा हुँदै पनि नदेखाउने माया अर्थात साम्राग्गी, हिरो वाला गुण्डा भनेर चिनिएका अंबेर सुबेदी र आफ्नो भन्दा बडी बाबुको गाडी को चिन्ता चिन्ता गर्ने सुमन, रक्सी भनेपछी हुरुक्कै हुने चित्रकार विल्सन बिक्रम राई सबैको अभिनयले ए मेरो हजुर २ लाई सुपरहिट को ट्याग भिराएका छन।

शुक्रबार बाट प्रदर्शन मा आएको ए मेरो हजुर २ हेर्न आएका दर्शक माज प्रतिकृया लिन पुगेका कलाकारहरुले प्रतिकृया मात्र पाएनन कि दर्शक को आगाध माया र साथ पाए। अकाबिहानै अस्टनारायण, गंगा, बि जि मल हुँदै गोपिकृष्ण हल पुगेका कलाकार हरुलाई दर्शकहरुले बोकेर हल परीक्रमा गराए। बडीगार्डहरु सहित कडा सुरक्षा का बिच ति हलहरुमा पुगेका कलाकारहरुलाई जोगाउन बडिगार्डहरुलाई नै हम्मे हम्मे परेको थीयो।

तपाईको प्रतिक्रिया

Loading...