एलिना चौहान र बसन्त सापकोटाको ‘सम्बन्ध’ सार्बजनिक (भिडियाे सहित)

ईटहरी / कभर गीतबाट चर्चा सहित ब्यस्त हुने नेपालिहरु पछिल्लो समय औलामा गन्दा पनि सकिदैन । तर पछिल्लो समय कभर गीतमा आएको जटिलताले नया प्रतिभाहरु भित्र भित्रै गुम्सिन बाध्य हुन्छन । यसको पछिल्लो उदाहरण हो अलिना चौहान । उनले २ ओटा कभर गीत गाईन । सो २ ओटै गीतमा उनलाई बाधा अड्चन आई पर्यो । हाल उनले अर्को गीत सार्बजनिक गरेकी छिन ।

एलिनाले गाएको ‘ईन्स्टाको फोटो’लाई धेरैले मन पराए र उनि सोहि गीतबाट आवाजको सेलिब्रेटी नै बनिन । तर सो गीत कभर भएकोले केहि बाधा अड्चन आईपर्यो । पछि कुरा मिल्यो । त्यसपश्चात उनले गाएको ‘तिम्रो मायाले बाधेर राख’ पनि एकाएक भाईरल भयो । भाईरल संगै यो गीत ओराजिनल गायकका कारण बिबादमा तानियो । अग्रजको मान मर्यादा बिर्सेको भन्दै यो गीतलाई युट्युबबाटै हटाईयो ।

यस लगत्तै ‘सम्बन्ध’ सार्बजनिक भएको छ । तर सम्बन्धमा उनको एकल आवाज भने छैन । उनि सहित गायक तथा संगीतकार बसन्त सापकोटा, सुजाता भेर्म, बेनिषा पौडेलको आवाज मिश्रण गरिएको छ । नया शैलीमा सो गीतको भिडियो निर्माण भएको छ भने भिडियोमा गायक गायिकाहरु नै फ़िचर्ड भएको देख्न सकिन्छ ।

सार्बजनिक ‘सम्बन्ध’ गीतमा स्वप्निल बरालको सब्द समाबेश छ भने संगीत सापकोटाले नै भरेका छन् । सुदिप सागरले एरेन्ज गरेको गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । यस्तै भिडियोलाई अर्जुन तिवारी र उनको टिम मिलेर छायांकन गरेका हुन भने सम्पादनको कार्य सुप्रिम पराजुलीले गरेका छन् ।

PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…