एकै फिल्ममा अनुबन्धित भएकी साम्राज्ञि र प्रदीप फिल्मको नाम सार्बजनिक नहुदै सुटिङमा संगै देखिए (तस्बिर सहित)

ईटहरी/ यतिबेला नेपाली सिने नगरिमा प्रदीप खड्का र साम्राज्ञि राज्यलक्ष्मी शाह एकै फिल्ममा देखिने भएपछि चर्चा र फिल्मको पर्खाई निकै बढेको छ । यसै क्रममा केही तस्बिरहरु सार्बजनिक भएको छ । जस्मा नायक प्रदीप र नायिका साम्राज्ञि सुटिङ स्थलमा छन् । विभिन्न भेष भुषामा उनिहरुलाई देखिन्छ । तर यो उनिहरु संग अभिनय गर्ने भनिएको फिल्मको भने हैन ।

साम्राज्ञिले सो तस्बिरहरुलाई आफ्नो आधिकारिक ईन्स्टाग्राम एकाउन्टमा सार्बजनिक गरेकी छन । डिसहोमको टेलिभिजन बिज्ञापन छायांकनको बेला यो तस्बिरहरु लिइएको हो । जस्ले यतिबेला चर्चा पाउदैछ । यी २ ले अभिनय गर्ने फिल्मको नाम भने सार्बजनिक भएको छैन तर एकसाथ स्क्रिन शेयर गर्ने भने दुबैको गएको शुक्रबार नै पक्कापक्की भैसकेको छ ।

ह्याप्पी प्लानेट र काफिया फिम्स्लको संयुक्त ब्यानरमा निर्माण हुने फिल्मलाई हेमराज बिसिले लेखेका छन भने उनैले निर्देशन पनि गर्दैछन् । फिल्ममा ह्याप्पी प्लानेटका तर्फबाट रेणु राणा, दीपक खतिवडा, रुपक थापा, अमन कुमार भण्डारी, काफिया फिल्मस्को तर्फबाट काफिया शाही (क्रिसु) र कविरबिक्रम शाही निर्माताको रुपमा रहनेछन् । फिल्ममलाई आगामी जेठ वा असारसम्म छायाँकन गरिसक्ने निर्माण टीमको तयारी रहेको छ । – तस्बिर : साम्राज्ञीको ईन्स्टाग्रामबाट ।

Purbeli TV

तपाईको प्रतिक्रिया