एकाएक दीपाश्री कसरी बनिन् स्लिम

 

काठमाडौं,२३ पुस । काठमाडौंमा भएको ‘सेलिब्रेटी रनवे’मा दिपाश्री निरौलाले लगाएको ड्रेसको चर्चा ब्यापक भयो । अन्य नायिकाको तुलनामा बाक्लो ज्यानकी दीपाश्रीलाई कतिपय कार्यक्रममा सहकर्मीले नै मोटी भनेर टिप्पणी गर्छन् । तर, सेलिब्रेटी रनवेमा दीपाश्री स्लिम देखिइन् । ‘हो त्यो दिन दीपा दिदी स्लिम देखिनु भएको थियो’ फेसन डिजाइनर रोजिना श्रेष्ठले भनिन् ।

कार्यक्रममा दीपा फुल लेहंगामा सहभागी भएकी थिइन् । अनलाइन खवरमा समाचार छ । अन्य नायिकाको तुलनामा उनी फरक देखिनुको कारणवारे रोजिना भन्छिन् ‘दीपा दिदीलाई अरु भन्दा फरक देखाउनका लागि मैले निकै मेहनत गरेकी थिाए ।’

रोजिनाको भनाई अनुसार हरेक मान्छेको ब्यक्तित्व उसले लगाउने फेसनले झल्काउाछ । आफुले प्रयोग गर्ने डे्रसअपकै कारण हरेक मान्छेको ब्यक्तित्व झल्किन्छ । उनी सुझाबको भाषामा भन्छिन् ‘आफ्नो ब्यक्तित्व झल्काउन महंगो हैन, सुहाउने डे्रस लगाउनुस्’ । अनलार्इन खबरबाट ।

तपाईको प्रतिक्रिया

Loading...