उर्लाबारीमा कन्दरा ब्याण्ड र केन्जलको प्रस्तुति हुने

उर्लाबारी / विजयीदशमीको अवसरमा मोरङको उर्लाबारीमा बृहत सांगितिक कार्यक्रम हुने भएको छ ।भिजन फाउण्डेशन नेपाल, उर्लाबारीको आयोजनामा असोज ९ गते चर्चित ब्याण्ड कन्दरा र नेपाल आइडलको टप टेन प्रतियोगी केन्जलमेयर श्रेष्ठको प्रस्तुति रहने भएको हो ।

उर्लाबारी–७ स्थित पशुपति आमाबिमा हुने उक्त कार्यक्रममा ४ हजारभन्दा बढी दर्शकको सहभागिता रहने फाण्डेशनका अध्यक्ष राजु लामाले जानकारी दिएका छन् । फाउण्डेशनद्वारा सञ्चालित उर्लाबारी सार्वजनिक पुस्तकालय सहयोगार्थ आयोजित सांगितिक कार्यक्रममा ५ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।

विजयीदशमीको शुभकामना आदानप्रदान गर्दै उर्लाबारीलाई संगीतमय बनाउने योजना रहेको अध्यक्ष लामाले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

Loading...