उम्मेदवारहरुकाे १ महिने तालिम सुरू, काे बन्ला सिजन २ काे ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन’?

मोरङ / थारु कला केन्द्रले आयोजना गरेको प्रदेश नं. १ स्तरीय कार्यक्रम नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०१९ सिजन २ का उम्मेदवारहरु प्रत्येक दिन निखारिदै छन् । अडिसनमा छनौट भएका उम्मेदवारहरुका लगि बन्द सत्रकाे तालिम सुरू भएकाे छ । शनिबार बिराटनगरकाे इस्टर्न स्टार होटेलमा अभिमुखिकरण कार्यक्रमबाट बन्द सत्रकाे सुरूवात भएकाे थियाे ।

उक्त १ महिना सम्म चल्ने साे बन्द सत्रकाे तालिम अवधिभर नेतृत्व तथा ब्यक्तित्व बिकास, उत्प्रेरणा, उदघोषण तालिम, भाषा, संस्कृती, थारु पौराणिक बस्तुको बारे जानकारी, विभिन्न थारु परिकार बनाउने तालिम, स्वास्थ्य शिविर, फोटोसुट, मेक अप, मोडलिङ्ग, संगित आदि बारे तालिम दिईने छ । नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०१८ मा समेत कोरियोग्राफर रहेकी सपना राजबंशीले यस वर्ष पनि कोरियोग्राफ गर्ने बताइएकाे छ ।

त्यसै गरि उक्त बन्द तालिममा डा. बालकृष्ण साहले स्वास्थ्य सबन्धी, प्रशासकीय अधिकृत प्रमोद चौधरीले लोकसेवा आयोग, भाषा बिज्ञ तथा ब्याकरणकारद्धय भोलाराम चौधरी र सम्पतलाल चौधरीले थारु भाषा, संस्कृतिको बारेमा, कानुन सम्बन्धि जानकारी अधिवक्ता मधुसुदन चौधरीले, संचारकर्मीहरु गवनसिंह चौधरी, सिमा बस्नेत र एलएन गच्छदारले ब्यक्तित्व बिकास उदघोषण तथा रेडियोको सम्बन्धि, इष्ट टुरिज्म मार्टका अध्यक्ष भविष कुमार श्रेष्ठ र कैलाश श्रेष्ठ खाकीले मोटिभेसनल तथा नेतृत्व बिकास तालिम, कन्सनट्रेसन तथा कम्युनिकेशन समबन्धी सनराइज चौधरी, मेडिट्रेशन सम्बन्धि सागर प्रधान, संगित तथा गायन सम्बन्धी कुशेश्वर राई, मेक उप सम्बन्धि शुसिल सुभेक्छा र रिता ढकाल र आकास अग्रवालले प्रशिक्षण दिने तालिम संयोजक पुष्पे थारुले जानकारी दिनु भयो ।

शनिबार भएको तालिम समारोहको उदघाटन गर्दै प्रमुख अतिथी प्रदेश १ का सांसद चुमनारायण तबदारले थारुकला केन्द्रले गरेको कामको प्रंसशा गर्दै यस किसिमको कार्यक्रमले थारु संस्कृति बिकास सगै थारु पहिचानलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र यस कार्यक्रमलाई आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

झुम्का, दुहबी, बिर्तामोड, गाईघाट, नेतचौक र बिराटनगरमा लिएको अडिसनबाट ५३ जना छ्नौट भएका थिए भने पहिलो दिनको तालिम कक्षामा भने ३६ जनाकाे सहभागीता रहेकाे थियाे । ग्राण्ड फिनाले अगामी असोज १८ गते बिरेन्द्र सभा गृहमा हुने छ भने बिजेता युवायुवतीले ५०/५० हजार, फस्ट रनर अपले ३०/३० हजार र सेकेन्ड रनर अपले २०/२० हजार नगद पुरस्कार नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगरको तर्फबाट पाउने छन । त्यसैगरि नोबेल मेडिकलले गत वर्ष पनि नगद पुरस्कार र एक जनालाई स्टाफ नर्स कोटामा छात्रवृत्ति समेत प्रदान गरेको थियो । यस वर्ष थारु परिकारको लागी फुड प्रोग्राम सुन्दरहरैंचाको जेसिस हलमा अगामी भदौ २८ गते हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…