ईन्जिनियर तथा गायक विरेन्द्र श्रेष्ठको पहिलो म्युजिक भिडियो सार्वजानिक

ताप्लेजुङ, १३ पौष । भनिन्छ गीत संगितनै मानिसलाई सँधै खुसी राख्ने एउटा सशक्त माध्ययम हो । जस्ले सुख दुख दुवैलाई साथ दिएको हुन्छ । त्यसैले होला पेसाले विगत २१ वर्ष देखि विद्युतको विकास निर्माणका क्षेत्रमा कार्यरत रहे पनि गीत संगितमा विशेष रुची राख्नुहुने ईन्जिनियर तथा गायक विरेन्द्र श्रेष्ठले आफ्नो शव्द तथा स्वरमा सजिएको पहिलो म्युजिक भिडियो युट्युव मार्फत सार्वजानिक गर्नुभएको छ ।

हाल पुर्वको बहुचर्चित आयोजना कावेली हाईड्रोका आयोजना प्रमुख समेत रहनुभएका श्रेष्ठले गायिका देसु सुहाङ संग स्वरवद्ध भएको गीतको म्युजिक भिडियो सार्वजानिक गर्नुभएको हो । तिरमिर भयो आखाको ज्योती वैसको रंगले, मन पनि तान्यौ सुटुक्कै उतै चन्चले ढंगले जस्ता मिठा शव्दमा सजिएको गीतमा सम्भु राईको संगित रहेको छ । पर्यटकिय जील्ला ईलामका
विभिन्न भागमा यो गीतको भिडियो छायाङ्कन गरिएको छ । हाल निकै चर्चामा रहेका मोडल पल साह र सुप्रिया कटुवालले यो गीतको भिडियोमा अभिनय गरेका छन् ।

फुर्सदको समयमा गीत संगितमानै वढि ध्यान दिन रुचाउने गायक श्रेष्ठले यस अघि टिका भण्डारीको संगितमा गाउनुभएको तिम्रो मन संग आज, दिपक सर्माको संगितमा घर हाम्रो लेकैमा लगाएतका गीतलाई पुर्वका श्रोताले निकै रुचाएका छन् भने यहाँका विभिन्न एफएम रेडियोबाट दैनिक जसो बज्ने गरेका छन् । यि गीतहरुको पनि म्युजिक भिडियो छायाङ्कन गर्ने तयारी भईरहेको श्रेष्ठले बताउनुभयो । यस्तै डा. नबराज लम्सालको हत्केलामा मुठी माटो भन्ने जस्ता शव्द रहेको मार्मिक स्वदेश गानमा समेत श्रेष्ठले स्वर दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

Loading...